27 C
Kathmandu
Sunday, May 16, 2021

ट्रकको ठक्करबाट चार बालबालिकाको मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

चैत्र-२३, भारतको झारखण्डमा उच्चगतिमा गुडिरेहको ट्रकको ठक्करबाट चार बालबालिकाको मृत्यु भएको  छ ।

तीव्र गतिमा रहेको उक्त ट्रकले खुल्ला चउरमा सुतिरहेका चार बालबालिकालाई किचेको थियो

प्रहरी अधिकृत राकेश नन्दन मिन्जका अनुसार उक्त समय सवैजना खुला आकाशमा निदाइरहेका थिए ।

घटनापछि ट्रक चालक फरार रहेको बताइएको छ । भारतमा कमजोर सडक संरचना, अत्यधिक भार, चालकको लापरबाहीका कारण सडक दुर्घटना बढी रहेने गरेको छ ।

भारतीय सडक यातायात मन्त्रालयका अनुसार सन् २०१५ मा पाँच लाख एक हजार ४२३ सडक दुर्घटनाका कारण एक लाख ४६ हजार १३३ जनाको मृत्यु भएको थियो भने पाँच लाखभन्दा बढी मानिस घाइते भएका थिए । रासस/सिन्ह्वा

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्