27 C
Kathmandu
Sunday, May 16, 2021

नवलपरासीको गैंडाकोटमा रहेको जयश्री पुल एकतर्फि सञ्चालनमा

- Advertisement -
- Advertisement -spot_imgspot_img

चैत-२३,गैंडाकोट, पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नवलपरासीको गैंडाकोट नगरपालिका–९ मा रहेको जयश्री पुल आजबाट एकतर्फि रुपमा सञ्चालनमा आएको छ । पश्चिमबाट पूर्व तर्फ जाने सवारी साधनलाई मात्रै नयाँ पुलबाट आवगमन गराइएको छ ।

बैकल्पिक बाटो बेलिव्रिज बनाउँदा राजमार्गको सडक विग्रेको र त्यसलाई पुरानै अवस्थामा फर्काउनको लागि थप मर्मतको आवश्यकता परेकाले दुवै तर्फ आजबाट नयाँ पुलमा सवारी सञ्चान गर्न नसकिएको इन्जिनियर खुम भण्डारीले जानकारी दिनुभयो । पुल भाच्चिएपछि बेलिब्रिज सञ्चालनको लागि राजमार्गको दक्षिण तर्फ बाटो बनाइएको थियो । दुवै तर्फ सवारी सञ्चालन गर्न अझै १ हप्ता लाग्ने इन्जिनियर भण्डारीको भनाई छ । त्यसको लागि आजबाटै काम सुरु भएको छ ।

२ करोड ३५ लाख रुपैयाँको ठेक्कामा एड्भेन्चर कन्ट्रक्सन प्रालिले पुलको निर्माण कार्य गरेको हो । यो पुल २०७२ साउन ११ गते भाच्चिएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्