27 C
Kathmandu
Sunday, May 16, 2021

भूकम्पपीडितका नाममा करोड मूल्य पर्ने गाडी पिडित को पिडा उस्तै, को-को चढ्दैछन् विलासी गाडी ?

- Advertisement -
- Advertisement -spot_imgspot_img

चैत-२३, काठमाडौं । भूकम्पले घरबास उठाएको दुई बर्ष बित्दा करिब ८ लाख परिवारले अझै ओत लाग्ने छानो पाएका छैनन् । ठूलो संख्याका भूकम्प पीडितले अझै अनुदान वापतको पहिलो किस्ता पाइसकेका छैनन् । जसले पाए, तिनले पनि तत्काल छानो हाल्न सक्ने स्थिति छैन ।

तर, त्यही भूकम्प पीडितका नाममा आएको आर्थिक सहायताबाट स्थानीय विकास मन्त्रालयका सचिव र मन्त्रीले महंगो गाडी खरिद गरेका छन् । भूकम्प प्रभावित जिल्लाहरुमा सञ्चालन हुने पुनर्निर्माण सम्वन्धी विभिन्न आयोजनाहरुको समन्यवन गरी भूकम्प पीडितलाई चाँडै अनुदान पुर्‍याउनुपर्ने स्थानीय विकास मन्त्रालय अन्र्तगतको भूकम्पीय आपतकालीन पुनस्र्थापना केन्द्रले विलासी गाडी खरिद गरेको हो ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाइका पूर्वनिर्देशक तथा सहसचिव गणेशराज वस्तीले गाडी खरिद गरी सचिवलाई उपलब्ध गराएका छन् । त्यस्तै भूकम्पीय आपतकालीन पुनस्र्थापना केन्द्रका इञ्जिनियर तथा सूचना अधिकारी सुशील श्रेष्ठले एडीबीले दिएको अनुदान र नेपाल सरकारले उपलब्ध गराएको अनुदानबाट उक्त गाडी खरिद गरिएको बताए । उनले भने, ‘एडीबीको पैसाले किनेको हो, उनले अघि भने ‘तीनवटा मात्रै होइन, यसअघि पनि किनेका थियांै, धेरै किनेका छौँ ।’

को-को चढ्दैछन् विलासी गाडी ?

खरिद गरिएका गाडीहरु मध्ये एउटा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले चढेका छन् । उनले चढ्ने गाडी नम्बर बा १७ च ९२० हो ।

यस्तै बा १७ च २२९७ नम्बरको गाडी केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना निर्देशक ईश्वरचन्द्र मरहठ्ठाले चढ्दै आएका छन् ।

यसअघि यो गाडी, गाडी खरिद गर्ने निर्णयकर्ता सहसचिव गणेशराज वस्तीले चढ्दै आएका थिए । उनी त्यहाँबाट सरुवा भएपछि मरहठ्टा कार्यकारी निर्देशक भएर पुगेका हुन् ।

अर्को बा १७ च १५८३ को गाडी एक साताअघि स्थानीय विकास मन्त्रालयमा पठाइएको छ । सो गाडी मन्त्री कमल थापाको सचिवालयमा पुगेको छ ।

त्यसअघि यो गाडी भूकम्पीय आपतकालीन पुनस्र्थापना केन्द्रका उपसचिव महेश्वर घिमिरेले चढ्दै आएका थिए । उपसचिव गाडी सुविधा पाउने अधिकारीमा पर्दैनन् । तर, घिमिरेले एक करोड ११ लाखको गाडी चढेका थिए ।

केन्द्रका स्टोर शाखाका श्यामलाल पन्थीका अनुसार त्यसअघि केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना निर्देशकका लागि कार्यालयमा टाटा कम्पनीको गाडी थियो । उनले भने, नाम त थाहा भएन, तर टाटा कम्पनी हो भन्ने थाहा छ ।

फोर्ड कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता गो अटोमोबायल्सले सो गाडी विक्री गरेको हो । उक्त कम्पनीले टेण्डर प्रक्रियाबाट गाडी खरिद गरेको गो अटोमोबायल्सका टीआर तुलाधरले अनलाइनखबरलाई बताए । उनले बजारमा उक्त गाडीको मूल्य एक करोड १२ लाख पर्ने जानकारी दिए । स्थानीय विकास मन्त्रालय अन्र्तगतको उक्त आयोजना र गो अटोमोबायल्सले फेब्रुअरी २६ तारिखमा खरिद सम्झौता गरेका थिए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्