27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 06:18

TRENDING .

नारायणगढ–मुग्लिन सडक निर्माण गर्न अझै १ वर्ष लाग्ने

- Advertisement -

चैत२३, नारायणगढ–मुग्लिङ सडकखण्डको निर्माण कार्य सकिन अझै कम्तिमा एक वर्ष लाग्ने भएको छ । ०७४ जेठ १५ मा सक्ने गरी निर्माण कार्य सुरु गरिएको भए पनि हालसम्म ४१ प्रतिशत काम मात्रै सम्पन्न भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति, चितवनले मंगलबार भरतपुरमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्ने निर्माण कम्पनीका प्रतिनिधीहरुले विविध समस्याका कारण निर्माण कार्य तोकिएको समयमा सम्पन्न गर्न नसकिएको बताए । स्तरोन्नति गर्न लागिएको ३२ किमि दूरीको सडकलाई ३ खण्ड बनाएर ३ निर्माण कम्पनीहरुले काम गरिरहेका छन् ।

जिल्ला विपद् ब्यबस्थापन समिति चितवनले मंगलबार भरतपुरमा आयोजना गरेको छलफल कार्यक्रममा सडकखण्ड निर्माण कार्य सक्न अझै एकवर्ष लाग्ने जानकारी दिइयो ।
कार्यक्रममा बोल्दै खण्ड २ का निर्माण कम्पनीका प्रतिनिधी रबिन्द्र श्रेष्ठले यातायात व्यवस्थापनमा चुनौती भएका कारण काम तीव्र गतिमा अघि बढाउन नसकिएको बताए । अर्का निर्माणकर्मी शिशिर कन्दन्वाले निर्माण कार्य चुनौतीपूर्ण बनेको बताए ।

कार्यक्रममा बोल्दै आयोजना प्रमुख चन्द्रनारायण यादवले ठेकेदार कम्पनीहरुलाई आवश्यक उपकरण थप गरेर भए पनि कामलाई तीव्रता दिइने बताए । कामलाई सम्पूर्ण रुपले सम्पन्न गर्न आगामी चैत मसान्तसम्म लाग्ने उनको भनाइ छ ।

सडकखण्डको दुर्घटना न्यूनीकरणका लागि कन्भेक्स लेन्स राख्ने काम शुरु गरिएको जानकारी उनले दिए । बर्खाको समय नजिकिएकाले निर्माण कार्य प्रभाबित हुन सक्ने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी नारायाणप्रसाद भट्टले जोखिम क्षेत्र पहिचानगरी निर्माण कार्यलाई चुस्त–दुरुस्त बनाउन निर्देशन दिए । प्रहरीसंगको सहकार्यमा हाई वे चेकिङ कार्यलाई प्रभाबकारी बनाउन उनले सुझाब दिएका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्