27 C
Kathmandu
Wednesday, May 19, 2021

बिपन्न मुसहर दम्पतीको रुख मुनी बास, भन्छन अरुलाई चुनाव लाग्यो हामीलाई दैव

- Advertisement -
- Advertisement -spot_imgspot_img

चैत्र-२०, खगराज सापकोटा । कावासोती १५ शेरगञ्ज स्थित मुसहर बस्तिको एक छेउमा पिपलको बोट छ । पालुवा पलाएर भर्खर हरीयो देखीएको रुखको फेदमा एक वृद्ध दम्पती बसीरहेका भेटीन्छन् । पर्यटकीय गाउं नजिकै भएकाले होला बाटोमा सवारी धुलो उडाउदै हिडीरहन्छ । प्राय दिउंसोको समयमा जाल , बहना र एउटा पानी पिउने लोटा लिएर रुखमुनी बसेको देख्दा नचिन्ने प्रायले गर्मी छल्न शितलमा बसको भन्ठान्छन् । तर , विगत १० दिन देखी श्रीराम मुसहर दम्पती पिपलको रुख मुनी नै रात विताईरहेका छन् ।
एउटा भएको सानो झुपडी जलेपछि उनिहरु घरबार विहिन भएका हुन्  । मुसहर दम्पती माछा मार्नका लागि नारायणी गएका थिए । राती धेरै माछा पर्छ भन्ठानेर उनीहरु एक रात उतै बसे । भोलीपल्ट दिउंसो माछा लिएर घर फर्कदा झुपडी खरानीमा परिणत भएपछि विपन्न दम्पतीको खुसी लुटीयो । घर के कति कारणले जल्यो भन्ने पनि उनिहरु लाई हेक्का छैन् । गाउले र गस्तिमा रहेको नेपाली सेनाले आएर छिट्टै निभाउनाले खरै खरले बनेका छिमेकीका घर धन्न जोगिए । ‘घरमा भएको पुराना कपडा र केही अन्न जलेपछि बेवारीसे भएका छौ ,माछा मारेर बजारमा बेच्ने र त्यही आम्दानीले चामल तरकारी किनेर ल्याएर खाने गरेका थियौ । ’ उनले भने ,‘ कसैले त्रिपाल दिएपनि घाम पानी छेकेर बस्न हुन्थ्यो । ’
गाउंघरमा हारगुहार गरेर पकाएर खाएपनि रात काट्नका लागि रुख मुनी रात काटीरहेका छन् । गर्मी महिना तराईमा सर्पको विगविगी हुने गर्दछ  ।मध्यवर्ती क्षेत्र जंगल नजिकै जंगली जनावरको समेत डर उत्तिकै छ । जसोतसो काठको जोहो गरेर घर बनाऔ भनेपनि यस वर्ष खर काट्ने पुर्जी नखुल्दा नयां घर बनाउने मुसहर दम्पतीको सपना समेत अधुरै रहेको छ ।चार भाई छोरा भएपनि उनिहरु आ आफ्नै सुरमा हुदा आज भोली दिउंसो बजार आएर माछा बेच्ने र रात नारायणी किनारमा नै काट्न थालेका छन् । सम्पतीको नाममा अब उनिहरु संग जाल र बहना मात्र बाकीं रहेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्