27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 06:43

TRENDING .

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई सहित दर्जनौ पक्राउ

- Advertisement -

चैत्र-२०, काठमाण्डौ, निर्वाचन आयोग घेराउ गर्न गएका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहान आयोगको कान्तिपथस्थित कार्यालयमा धर्ना दिएका भट्टराईसहित नयाँ शक्ति नेतृसमेत रहेकी पत्नी हिसिला यमी, नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल पनि पक्राउ परेका छन्।

जुलसससहित धर्नाका लागि अयोगको केन्द्रीय कार्यालय बहादुरभवनतर्फ अघि बढेका भट्टराईसहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई पुलिस क्लबमा राखिएको छ। दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलले निर्वाचन आयोगमा धर्ना दिएका हुन्। उनीहरुलाई ट्रकमा हालेर अहिले प्रहरी कार्यालयतर्फ लगिएको नयाँ शक्तिका नेता विश्वदीप पाण्डले बताए ।

नयाँ शक्तिलगायतका निर्वाचन आयोगमा दर्ता भएका ६४ दलले स्थानीय तह चुनावमा दलीय चुनाव चिन्ह नदिएको भन्दै कान्तिपथस्थित निर्वाचन आयोग अगाडि धर्ना दिएका हुन्। उनीहरुले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधनका लागि यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई ज्ञापन पत्र दिएका थिए ।

नयाँ शक्तिले बिहीबार नै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै ऐन संशोधनका लागि ४८ घण्टाको समय दिएको थियो। समयसीमाभित्र ऐन संशोधन नभएको भन्दै नयाँ शक्तिसहितका दलले बिहान ९ बजेदेखि ११ बजेसम्म आयोगसहित देशभरका कार्यालयमा धर्ना दिएका हुन् ।

यसैबीच नयाँ शक्ति पार्टी मुख्यालय बबरमहलमा आज दिउँसो तीन बजे भोलिका कार्यक्रमबारे पत्रकार सम्मेलन गर्ने भएको छ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्