27 C
Kathmandu
Sunday, May 16, 2021

प्रहरीले नै लुटे न्युरोडबाट ५५ तोला सुन

- Advertisement -
- Advertisement -spot_imgspot_img

चैत्र-२०, काठमाण्डौ, काठमाडौं न्युरोडमा रहेको सुन पसलबाट प्रहरीले नै ५५ तोला सुन लुटेका छन्। न्युरोड मरुहिटीस्थित प्रेम रत्न शाक्यको घरमा सुन पसल संचालन गर्दै आएका भारतीय नागरिक शिव माइतीको पसलबाट प्रहरीले नै ५५ तोला सुन लुटेका हुन्। सोह्रखुट्टे प्रहरीका हवल्दार अजय गुरुङ, बलहादुर थापा मगर, नबिन ढकाल लगायतका ६ जनाले सुन लुटेको खुल्न आएको छ।

थापा मगर र ढकाल फरार छन् भने गुरुङलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। गुरुङ भ्यान चालक हुन भने ढकाल लेखा शाखामा काम गर्ने प्रहरी हुन्। गत शुक्रबार राती पेस्तोल देखाएर उनीहरुले सुन लुटेका थिए।

‘प्रहरी बर्दी लाएर सुट लुट्ने कार्यमा प्रहरीको सम्लग्नता देखियो,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले भने, ‘केही पक्राउ परेका छन्, केही हामी खोज्दैछौं।’ अपराधीको कुनै जात, धर्म, भुगोल नहुने भन्दै एसएसपी अमात्यले प्रहरी नै लुटपाटमा सम्लग्न भएकोप्रति चिन्ता ब्यक्त गरे।

‘दोषीलाई हामी जसरी पनि पक्राउ गर्छौ, प्रहरी हो भनेर लुकाउदैनौं, यस अघि पनि अपहरणमा सम्ल्ग्न २ जना सइलाई हामीले पक्राउ गरी कारबाही गरेका थियौं,’ उनले भने त्यस्तै गत माघ १ गते ब्यवसायी अपहरण गरी फिरौती माग्ने कार्यमा पनि प्रहरीले सम्लग्न भएका थिए।

अपहरण गरेर फिरौती माग्ने प्रहरीका २ जना सईलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो। महाशाखाका कार्यरत सइ सम्बत तामाङ र सुर्य लामाले राजकुमार गुरुङ र अर्पणकुमार लामासँग मिलेर कोटेश्वरबाछ म्यानपावर व्यवसायी बद्री राइलाई अपहरण गरेका थिए।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्