27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 01:51

TRENDING .

रक्त समूह फरक भए पनि मिर्गौला प्रत्यारोपण अब नेपालमा सम्भव

- Advertisement -

चैत-१९ – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण सुरु भएको करिब नौ वर्षपछि नेपालमै पहिलोपल्ट ‘एबिओ इन्कम्प्याटिबल’ तथा फरक रक्त समूहको मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ ।

अन्य विकसित देशमा समेत विरलै प्रयोग गरिने यस्तो खालको प्रत्यारोपण विधि अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा दिव्यासिंह शाहको नेतृत्वमा युरोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका चिकित्सकको टोलीले यही चैत ९ गते सफल प्रत्यारोपण गरेको हो ।

अस्पतालका मिर्गौला प्रत्यारोपण समूहमा नेफ्रोलोजी समूहमा डा शाहको नेतृत्वमा डा महेशराज सिग्देल, डा मुकुन्द काफ्ले , डा मिदान श्रेष्ठ, डा प्रेमराज ज्ञवाली (विभागीय प्रमुख), डा उत्तमकुमार शर्मा, डा पवनराज चालिसे र डा भोजराज लुइँटेल सर्जन हुनुहुन्छ । जसको अथक मेहनतले यो प्रत्यारोपण सम्भव भएको हो ।

काठमाडौँ सीतापाइलाकी सुलोचना श्रेष्ठको बुबाको मिर्गौला प्रत्यारोपण गरिएको हो । अहिले उनलाई घर पठाइसकिएको छ । ‘ओ’ रगत समूह सुलोचनाको र ‘ए’ रगत समूह उनको बुबा श्यामकृष्ण श्रेष्ठको रगत मिलाएर इन्कम्प्याटिबल प्रत्यारोपण गराएको हो । यसका लागि सुलोचनालाई ‘प्जाज्मा फेरोसिस’ गरी प्रत्यारोपणका लागि तयार गरिएको थियो । प्रत्यारोपण समूहका सदस्य सर्जन डा पवनराज चालिसेका अनुसार मिर्गौला प्रत्यारोपण गर्दा सामान्यतया दिने र लिनेको रगत समूह एकै हुनुपर्छ । हाम्रो देशमा अहिलेसम्म यही आधारमा प्रत्यारोपण हुँदै आएको थियो । फरक रक्त सूमहको मिर्गौलालाई शरीरको ‘एन्टी बडी’ले सपोट गर्दैन ।

‘फरक रक्त समूहका मिर्गौलालाई ग्रहण गर्न नदिने शरीरको एन्टी बडीलाई निष्क्रिय पारेर मात्रै यो प्रत्यारोपण गरिन्छ । रक्त समूह नमिल्ने भएकाले प्रत्यारोपण गर्नेमा उच्च दक्षताको जरुरी हुन्छ । लामो समयको तयारीपछि हामीले सफल प्रत्यारोपण गरेका हौं’– उनले भने ।

मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामीले आफ्नै नातेदारबाट मात्र मिर्गौला लिन सक्छ जुन हाम्रो देशको कानुनले सीमा निर्धारण गरेको छ । जसका लागि एकै रक्त समूह हुनुपर्छ । यस्तो अवस्थामा मिर्गौला दिन चाहेर पनि रक्त समूह नमिलेका कारण दिन नसकिरहेका अवस्थामा यस्तो खालको फरक रक्त समूहको प्रत्यारोपणले मिर्गौला रोगीमा नयाँ आशा जगाएको छ ।

अहिले भइरहेको भन्दा केही झन्झटिलो र अलि महँगो विधि भए पनि यसले रक्त समूह नमिलेर डाइलासिसमा मात्र बसिरहेका बिरामीलाई प्रत्यारोपण गर्नसक्ने नयाँ बाटो खोलेको छ । डा चालिसेका अनुसार नातेदारभित्र दाता भेटिए पनि रक्त समूह नमिलेका कारण प्रत्यारोपण गराउन नपाएकालाई यो प्रविधि नयाँ आशा हो । रासस

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्