8.1 C
Kathmandu
Flowers in Chania

मानव तस्करीको नयाँ रुट, अमेरिका छिर्न ६५ लाखसम्म खर्चँदै नेपाली

- Advertisement -
चैत-१८, काठमाडौं । मानव तस्करले लाखौं रुपैयाँ लिई नेपालीलाई अवैध तरिकाले ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गराउन नयाँ बाटो प्रयोग गर्न थालेका छन् ।

नयाँ बाटो प्रयोगसँगै तस्करलाई लाखौं रुपैयाँ बुझाई अवैध तरिकाले अमेरिका प्रवेशगर्ने नेपालीको संख्या बढेको छ । ल्याटिन अमेरिकी राष्ट्र निकारागुवाले नेपाली पासपोर्ट वाहकलाई पनि ‘अन अराइभल’ भिसा खुला गरेपछि तस्करले त्यसको फाइदा लिएका हुन् ।

‘मलाई काठमाडौंबाट दोहा (कतार), लन्डन (बेलायत), निकारागुवा, हेन्डुरस, एल साल्भाडर, ग्वाटेमाला मेक्सिको हुँदै अमेरिका प्रवेश गराएका हुन्,’ अमेरिका प्रवेश गर्नकै लागि तस्करलाई ५५ लाख रुपैयाँ बुझाएका पर्वतका राम शर्मा (नाम परिवर्तन) ले अमेरिकाबाट भाइबरमा भने, ‘यहाँ (अमेरिका) आपुग्दासम्मको दुःख सम्झँदा त किन आइएछ जस्तो लाग्छ ।’

शर्मा नेपालबाट हिँडेको साढे दुई महिनापछि मेक्सीको सीमाबाट अमेरिका छिरेका हुन् । अघिल्लो साता अमेरिका पुगेका शर्माले ‘तस्करले अमेरिका छिराइदिएबापत एक नेपालीसँग ५० देखि ६५ लाखसम्म उठाउने गरेको’ जानकारी दिए । यसरी जाने ल्याटिन अमेरिकी राष्ट्रको थुप्रै रहेको उनको भनाइ छ ।

यसअघि तस्करले नेपालीलाई काठमाडौंबाट कतार, ब्राजिल, बोलिभिया, पेरु,इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, एल साल्भाडर, ग्वाटेमाला, मेक्सिको हुँदै १३ मुलुक पार गराएर अमेरिका प्रवेश गराउँदै आएका थिए । बिगत ११ वर्षको अवधिमा अमेरिका छिर्ने प्रलोभनमा नेपालीले तस्करलाई १६ अर्ब ७५ करोड ३० लाख रुपैयाँ बुझाएका छन् ।आजको नागरिक दैनिकबाट

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्