चैत्र-१७,कावासोती, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज नवलपरासीको दोस्रो जिल्ला अधिवेशन चैत्र २३ गते हुने भएको छ । आदिवासी जनजाति पत्रकार महासंघ नवलपरासीका उपाध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा आज कावासोतीमा बसेको वैठकले आदिवासी जनजाति पत्रकार महासंघ नवलपरासी फोनिजको अधिवेशन चैत्र २३ गते गर्ने निर्णय गरेको हो । अधिवेशन कावासोतीमा हुने जनाइएको छ । नवलपरासीमा ५५ जना आदिवासी जनजातिका पत्रकारहरु क्रियाशिल रहेका बताइएको छ ।