चैत्र-१७, गैडाकोट, बिबेक भण्डारी । नवलपरासीको गैडाकोट नगरपालीका का कृषकहरुमा यतिबेला खुशी छाएको छ । गैडाकोट ५ देखि ९ वडा सम्म उत्पादनको हिसाबले राम्रो हुदै आएको मकै खेति यो वर्ष पनि उत्पादन राम्रो भए पछि कृषकहरु हर्षित भएका हुन । त्यहि भएकाले पनि होला अन्य स्थान भन्दा गैडाकोटमा मकै खेति धेरैले गर्ने गरेकाका छन । गैडाकोटका स्थानियले बेसिजनको मकै सबै भन्दा धेरै खपत हुने बालीमा पर्ने हुदा पनि आफुहरु मकै खेतिनै गर्ने गरेको बताए । त्यस्तै गैडाकोट नगरपालीका ८मा मकै खेति गर्दे आएकि मनकुमारी कुमालका अनुसार बार्षिक रुपमा लगाइने मकै उत्पादनको हिसाबले अत्यन्त राम्रो हुर्दे आएको बताउनुभयो । ६ कठ्ठा क्षेत्रफलमा मकै लगाउदै आएकी कुमालले मकै हरीयो हुन नपाउर्दे घरमा नै मकै चाहियो भन्दै खरिद गर्न आउछन । बेसिजनको मकैको खपत पनि अतिनै राम्रो भएका कारण पनि आफुहरु बोरिङको पानी लगाएर भएपनि मकै उत्पादमा बढि अग्रसर भएको बताउनुभयो । बर्षे पिछ मकै लगाउदा पनि उत्पादन राम्रै भएको कुमालको भनाइ छ । यतिखेर मनकुमारीको मात्रै होइन यहाका धेरै जसो कृषकहरुको खेतमा मकै नै देखिन्छ । खोलाबाट जेनेरेटर प्रयोग गरि तानेको पानिबाट गैडाकोट ६ , ७ , ८ र ९ वडामा मकै लगाउदै आएका र सबैले लगाएको मकै अत्यन्तै राम्रो उत्पादन हुदै आएको किसानको भनाइ छ ।
नवलपरासीको गैडाकोटमा मात्रै करिव ८ सय ५० हेक्टर क्षेत्रफलमा मकै खेति हुदै आएको जिल्ला कृषि विकास कार्यलय नवलपरासीले जनाएको छ । २०७१को तथ्याङ अनुसार ६ सय ५० हेक्टरमा लगाइने मकैको उत्पादन राम्रो भए संगै मकै खेति क्रमस बृद्धि हुदै आएको छ । यस क्षेत्रमा उत्पादनको हिसाबले वार्षिक २५ सय मेट्रिकटन मकै उत्पादन हुदै आएको छ ।
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
