8.1 C
Kathmandu
Flowers in Chania

नेविसंघ नवलपरासी आफ्ना पुर्व केन्द्रिय सदस्य रविन्द्र शाह हत्याको विरोधमा उत्रियो

- Advertisement -

चैत्र-१७, कावासोती,  खगराज सापकोटा । नेविसंघ नवलपरासीले आफ्ना पुर्व केन्द्रिय सदस्य रविन्द्र शाह हत्याको विरोधमा उत्रिएको छ । कावासोतीको ईन्द्रचोकमा नेविसंघ ले एक घन्टा सडक अवरुद्ध पारी विरोध प्रर्दशन गरेको हो । नेविसंघ केन्द्रिय कार्यसमितिको निर्णय अनुसार स्व.शाहको हत्याको विरोधमा देश व्यापी प्रर्दशन गरिएको छ । यसै विच कावासोती का कुमारवर्ती बहुमुखी क्याम्पस र मध्यविन्दु क्याम्पसका विधार्थीको जुलुसले ईन्द्रचोक देखि फलफुल चोक सम्म विरोध -याली गर्दै ईन्द्र चोकमा एक घण्टा चक्का जाम गरेर कोण सभा गरेका थिए । कोण सभामा बोल्दै नेविसंघका नेताहरुले तत्काल हत्याको छानबिन गरि दोशी माथी कार्वाही हुनुपर्नेमा जोड दिएकाछन । नेविसंघ केन्द्रिय सदस्य रामचन्द्र भट्टराईले दोशी माथी तत्काल कार्वाही नगरिए नेविसंघ चरण बद्द आन्दोलनमा जाने बताउनु भयो । कार्यक्रममा बोल्दै नेविसंघ जिल्ला सभापति राजेश पौडेलले स्थानीय निर्वाचनको मुखमा नेविसंघका नेताको हत्या हुनु शंकास्पद रहेको र तत्काल घटनाको निष्पक्ष छानबिन गरि दोषी लाई कानुनी दायरामा ल्याउन जोडदार माग गर्नु भयो । कार्यक्रममा नेविसंघ कुमारवर्ती ईकाई सभापति हरि सुवेदी  जिल्ला कोषाध्यक्ष लक्ष्मण रिजाल नेविसंघ क्षेत्रीय सभापति विनोद राना मगर लगाएतको उपस्थिती रहेको थियो । भेरीमालिका-३ जाजरकोटका कांग्रेस युवा नेता तथा पुर्व बिद्यार्थी नेता रवीन्द्र शाहको गत मंगलबार हत्या भएको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्