27 C
Kathmandu
Saturday, March 6, 2021
2021 Mar 06, Saturday 11:05

TRENDING .

यातायात लाइसेन्स वितरणमा ५ करोडको चलखेल ! कार्यालय प्रमुख निलम्बनमा परे

- Advertisement -

चैत-१७ , यातायात व्यवस्था कार्यालय नेपालगञ्जका प्रमुख पवन सुवेदी निलम्बनमा परेका छन् । लाइसेन्सको परीक्षामा झण्डै ५ करोडको चलखेल भएको देखिएपछि यातायात व्यवस्था मन्त्रालयले सुवेदीलाई निलम्बन गरेको हो ।

यातायात व्यवस्था कार्यालय नेपालगञ्जले गत भदौमा लाइन्सेन्सको आवेदन खोलेको थियो, जसमा झण्डै २३ हजार सहभागी भए ।

तर, कार्यालय प्रमुख सुवेदीको नेतृत्वमा ९० प्रतिशत आवेदकको कापी नै जाँच नगरी पास गराएको खुलेको छ । यसमा करिव ५ करोडको आर्थिक चलखेल भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको मन्त्रालय स्रोतले जनाएको छ ।

सुवेदीलाई निजामति सेवा ऐन अनुसार निलम्बन गरी २४ घन्टाभित्र यातायात व्यवस्था विभागमा हाजिर हुन भनिएको छ । मन्त्रालयले यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा कार्यरत १४ जना कर्मचारीसँग पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्