27 C
Kathmandu
Saturday, March 6, 2021
2021 Mar 06, Saturday 03:32

TRENDING .

नवलपुरका पांच वटा निजि स्वास्थ्य सस्था सिल, दुई वटा बन्दै गरिए

- Advertisement -

चैत्र-१५,कावासोती, खगराज सापकोटा । नवलपरासीको नवपुर क्षेत्रमा रहेका केही निजि स्वास्थ्य सस्था विना तर्दा तथा औषधि पसलको नाममा क्लिनिक सञ्चालन गरिरहेको पाइएको छ । मंगलवार नवलुरको बिभिन्न स्थानमा जिल्ला स्वास्थ्य कार्यलय नवलपरासी र जिल्ला प्रशासन नवलपरासीको आयोजना गरिएको अनुगमनमा यस्तो पाइएको हो । नवलपुर क्षेत्रको मध्यविन्दु नगरपालीका चोरामरामा रहेको कुमावर्ति औषधालयबाट सुरु गरिएको अनुगमन गैडाकोट नगरपालिका सम्म पुग्दा ७ वटामा अनुगमन गरिएको मा ५ वटा निजि स्वास्थ्य सस्थाको बिभिन्न फाट सिल गरिएको छ भने २ वटा मेडिकल बन्द नै गरिएको छ । नवलपरासीमा यस्ता धेरै जसो उपचार केन्द्र तथा औषधिक पसलमा अबैधानिक रुपमा संञ्चाल गरिएको जिल्ला स्वास्थ्य कार्यलय नवलपरासीका प्रमुख अरुण कुमार यादवले जानकारी गराउनुभयो । यादवका अनुसार अनुगमनका क्रममा औषधि  पसलको नाममा अन्य प्रयोगशााला, एक्सरे लगायतका कार्य गरिएको पाइएको बताउनुभयो । नवलपरासीको मध्यविन्दु नगरपालिकामा रहेको कुमार्वर्ति औषधालयमा फर्मेसी मात्र दर्ता भए पनि  प्रयोगशााला र एक्सरे गरिएको पाइएको कारण औषधि पसलमा सिल गरिएको छ । त्यस्तै गैडाकोटमा रहेको जिवन मेडिकलमा पनि अनुगमन टोलिलले सिल गरेको छ । त्यस्तै गैडाकोटकै विनोद मेडिकल हलमा म्याद नाघेको औषधि फेला परेको , रितिसा हेल्थ क्लिनिक  दर्ता नगरि संञ्चालन गरिएको भन्दै क्लिनिकमा सिल गरिएको हो । जिल्ला स्वास्थ्य कार्यलय नवलपरासीका प्रमुख अरुण कुमार यादव, शाहायक जिल्ला अधिकारी माधव ढुङगाना , उघोग वाणिज्य संघ गैडाकोटका उपाध्यक्ष दिपक सापकोटा, इलाका प्रहरी कार्यलय गैडाकोटका प्रमुख सुवास हमाल लगायतको रोहवरमा गैडाकोटका ति मेडिकल अनुगमन गरिएको थियो । अनुगमन पश्चात अबैधानिक रुपमा संञ्चालन गर्दे आएका स्वास्थ्य क्लिनिकहरुलाई नियम अनुसार कार्वाहि गरिने शाहायक जिल्ला अधिकारी माधव ढुङगानाले बताउनुभयो ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्