चैत्र-१५, एजेंसी, भारतको उत्तर प्रदेशका एक व्यक्तिले साथीसँग मिलेर आफ्नी श्रीमतीको सामुहिक बलात्कार गरेका छन् ।
उनकी छोरीलाई छुरी देखाएर त्रास पैदा गरी आफ्नै श्रीमतीको सामुहिक रुपमा बलात्कार गरिएको खुलेको छ । पीडितले उनीविरुद्व रिपोर्ट दिएपछि प्रहरीले अपराधीलाई पक्रन सफल भएको हो।
पीडित महिला आफ्नै घरमा सुतिरहेको समयमा उनका श्रीमान अन्य दुई पुरुषसँग आएका र उनको सामुहिक बलात्कार गरेको पीडितले बताएकी छन्। उनलाई चिच्याउन नदिनका लागि उनीहरुले छोरीको गर्धनमा छुरी तेर्साएको र त्यसको प्रतिवाद गर्न खोजेमा उनकी छोरीलाइै छुरी रोप्ने धम्की दिई सबैले पालै पालो उनीमाथि बलात्कार गरेको पीडितले प्रहरीलाई बताइन्। उनका श्रीमानलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।