27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 11:33

TRENDING .

श्रीमती र छोरामाथि खुकुरी प्रहार

- Advertisement -

चैत्र-१५, नुवाकोट, विदुर नगरपालिका– ६ चारघरे मान्द्रेढुङ्गाका यमलाल राईले श्रीमती र छोरालाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् । अत्याधिक मादक पदार्थ सेवनगरी आज बिहान यमलालले श्रीमती राममाया र छोरा राजुलाई अन्धाधुन्द खुकुरी प्रहार गर्दा दुबैको अवस्था गम्भीर भएको छ ।

खुकुरी प्रहारबाट ४४ वर्षका राममायाको टाउको र हातमा गहिरो चोट लाग्नुका साथै बाँया आँखा फुटेको छ । आमालाई बाबुले खुकुरी प्रहार गर्न थालेपछि छुट्याउन गएका २१ वर्षका छोरा राजुको पनि टाउको र घाँटीमा खुकरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कंँडेलले जानकारी दिए ।

“अत्याधिक मादक पदार्थ सेवन गरी मध्यरातमा घर पुगेका यमलालले राममायाको ज्यान लिने उद्देश्यले टाउको र घाँटीमा खुकुरी प्रहार गरेको देखियो ।” डिएसपी कँडेलले भने “छेक्न गएपछि छोरालाई पनि टाउको र घाँटीमा खुकरी प्रहार गरी गहिरो चोट लागेको छ, घटना ज्यान लिने उद्देश्यले भएको छ ।” यमलाललाई छिमेकीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । घाइतेको नुवाकोट सिटी अस्पताल विदुरमा उपचार भइरहेको छ । रासस

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्