नवलपरासीमा माध्यमिक विद्यालयमा भन्दा प्राथमिक विद्यालयमा बढि समस्या देखिएको जिल्ला शिक्षा अधिकारी माधव घिमिरेले बताउनुभएको छ । प्राथमिक बिद्यालयको पहिलो समस्या भनेकै विद्यार्थीको संख्या न्युन हुनु रहेको वहाको भनाई थियो। जिल्लामा भेगको हिसाबले पनि प्राथमिक विद्यालयमा समस्या देखिएको बताउनुभयो । प्राथमिक विद्यालयमा विद्यार्थीसंगै शिक्षको संख्या पनि न्युन रहेको वहाले बताउनुभयो । शिक्षक न्युन हुदा हुदै पनि आफुहरुले शिक्षक दरबन्दि थप गर्न नपाएको र यो नवलपरासीको मात्र नभई नेपालकै समस्या रहेको बताउनुभयो । वहाले समाजले विद्यालयलाई संञ्चालन गर्ने हुदा समाजको सोच जुन अवस्थामा छ सोहि अवस्थामा त्यहाका बिद्यालय अगाढि बढ्ने हुदा समाज नै सचेत भएर लाग्नु पर्ने बताउनुभयो । जिल्ला शिक्षा कार्यलय नवलपरासीले समुदायलाई कसरी सक्रिय र सजक गराउने भन्ने विषयमा आफुहरु लागि परेको बताउनुभयो । विधालय , विधालय व्यवस्थापन समिति , शिक्षक र समुदाय बिचको सम्बन्धलाई कसरी सुमधुर बनाउन सकिन्छ यो विषयलाई नै प्राथमिकतामा राखेर काम गरिरहेका छौं वहाले भन्नुभयो । विशेष गरेर स्रोत केन्द्रको र समुदायको बिचमा उत्पन्न हुने विभिन्न विवाद न्युनिकरण गर्ने र विवाद न्युनिकरण गरे पश्चात विद्यालयमा देखिएका समस्याहरु न्युनिकरण हुने बताउनुभयो । हाल जिल्लामा रहेका प्राथमिक विघालयमा शिक्षक तथा विधार्थिको संख्या न्युन रहेको देखिन्छ । नवलपरासीका दुर्गम क्षेत्रमा रहेका प्राथमिक विधालयको तुलनामा सुगम क्षेत्रमा रहेका प्राथमिक विद्यालयमा विद्यार्थीको संख्या न्युन देखिन्छ । दुर्गम क्षेत्रमा आर्थिक अवस्था न्युन रहेका अभिभावकले सरकारी विद्यालय बाहेक अरु विकल्प नभएको कारणले पनि जिल्लाका पहाडि क्षेत्रमा रहेका प्राथमिक विद्यालयमा तुलनात्मक रुपमा विद्यार्थीको संख्या धेरै रहेको छ ।