27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 12:36

TRENDING .

सशस्त्र-प्रहरी क्षेत्राधिकार कार्यान्वयनमा विवादै बिबाद

- Advertisement -

चैत्र-१५, अर्धसैनिक बल संरचनाको सशस्त्र प्रहरीले पाएको पक्राउ पुर्जी जारी गर्न पाउने अधिकार पुनः विवादमा तानिएको छ। पक्राउ पुर्जीको अधिकारसहित सशस्त्रको नियमावली आएको एक वर्षपछि संसद्को राज्य व्यवस्था समितिले सशस्त्रले पक्राउ पुर्जी जारी गर्दा नेपाल प्रहरीको क्षेत्राधिकार मिचेको ठहर गर्दै ‘यस्तो व्यवस्था नियमावलीले नभई ऐनमै राख्न’ सरकारलाई निर्देशन दिएपछि यो विषय पुनः विवादमा तानिएको हो।

गृहले सशस्त्रलाई पनि पक्राउ गर्दा पुर्जी दिने अधिकारसहितको नियमावली बनाएपछि सुरक्षा संगठनबीच विवाद बढेको थियो। प्रहरी, महान्यायाधिवक्ताको कार्यालय र राष्ट्रिय मानवअधिकार आयोगसमेत सो प्रावधानका विपक्षमा उभिए पनि गृहले पेलेर पक्राउ पुर्जीको अधिकारसहितको सशस्त्र प्रहरीको नियमावली–२०७२ कार्यान्वयनमा ल्याएको थियो।

विवाद संसद्को राज्य व्यवस्था समितिमा पुगेपछि अध्ययन गरी सुझाव दिन समितिले गठन गरेको उपसमितिले एक वर्षपछि समितिमा बुझाएको प्रतिवेदनमा समय अनुकूल सशस्त्र प्रहरी बल ऐन परिमार्जन गर्न र पक्राउ पुर्जीजस्तो संवेदनशील अधिकार नियमावलीमार्फत नभई ऐनमै उल्लेख गर्न सुझाव दिएको छ।

नागरिकले प्राप्त गरेको प्रतिवेदनमा ‘पक्राउ पुर्जी अपराध अनुसन्धान प्रक्रियासँग जोडिएको विषय रहेको र सरकारी मुद्दासम्बन्धी ऐनअनुसार सो अधिकार नेपाल प्रहरीलाई मात्र तोकेको र एकै प्रकृतिको अधिकार दुई संगठनलाई तोक्दा कार्यक्षेत्रबारे विवाद बढ्ने’ भन्दै नियमावलीमार्फत नभई आवश्यक परे ऐनमै उल्लेख गर्न निर्देशन दिएको छ।

प्रतिवेदनको सुझाव तथा निष्कर्ष खण्डमा ‘जुन उद्देश्यका लागि सशस्त्र गठन भएको हो अधिकार क्षेत्रसमेत सोहीअनुसार तोकिनुपर्ने उल्लेख गर्दै’ सुरक्षा निकायअन्तर्गतकै एउटा संगठनले गरी आएको कामकारबाहीमा अर्को संगठनको संलग्नताले सुरक्षा निकायबीच मतान्तर हुने र यसले मुलुकको शान्तिसुरक्षा व्यवस्थापनमा समेत अवरोध आउने देखिन्छ’, प्रतिवेदनमा उल्लेख छ।

‘जुन बेलामा सशस्त्र आएको थियो त्यो बेलाको अवस्था र अहिलेको परिस्थिति  फरक छ’, उपसमितिका सदस्य सांसद रवीन्द्रप्रताप शाहले भने, ‘अध्ययनमा नियमावलीका आधारमा हैन ऐनका आधारमा क्षेत्राधिकार तोक्नुपर्ने देखिएपछि सोहीअनुसार सुझाव दिएका छौं।’

प्रतिवेदनको सुझाव तथा निष्कर्ष खण्डमा परिवर्तित अवस्थामा सशस्त्रलाई दिइने जिम्मेवारीबारे कानुनमै स्पष्ट उल्लेख हुनुपर्ने, सशस्त्रको अधिकार क्षेत्र ऐनमा निर्दिष्ट गर्दा सरकारी मुद्दासम्बन्धी ऐनको व्यवस्थालगायतका अन्य ऐनसँग नबाझिने हुनुपर्ने, सशस्त्रलाई अधिकार सुम्पँदा अन्य कानुनमा समेत परिमार्जन हुनुपर्ने उल्लेख छ।

गृह मन्त्रालयले सशस्त्रलाई समेत पक्राउ र पक्राउ पुर्जी जारी गर्न सक्ने अधिकार दिँदै सशस्त्र नियमावली बनाउँदा प्रहरी–सशस्त्र र गृहबीच त्रिपक्षीय विवाद बढेको थियो।

पक्राउ पुर्जी जारी गर्ने अधिकार अपराध अनुसन्धानसँग जोडिएको र यो प्रहरीको क्षेत्राधिकार रहेको भन्दै तत्कालीन प्रहरी नेतृत्वले असन्तुष्टि जनाएको थियो भने महान्यायधिवक्ताको कार्यालयसमेत सहमत भएको थिएन।

प्रहरीले सार्वजनिक रूपमै सो प्रावधानको विपक्षमा उभिए पनि नियमावली रोकिएन।  विवादपछि भाषा फेर्दै २०७२ माघ २५ मा ‘पक्राउ पुर्जी’ को साटो पक्राउको सूचना बनाएर सशस्त्र प्रहरी नियमावली–२०७२ जारी भयो।

यसले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने मन्त्रालयका अधिकारी सशस्त्रका पक्षमा उभिँदा दुवै संगठनबीच समन्वयात्मक सम्बन्ध भत्कियो।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्