चैत्र-१४, परासी, जनजागरण अभियान अन्तर्गत सोमबार नेपाली काग्रेसले जिल्लाको निर्वाचन क्षेत्र नम्बर ६ मा निकालेको मोटरसाईकल -यालीमा संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गरेका छन् । सांसद देवकरण जयसवालको नेतृत्वमा मोटरसाईकल -याली निकालिएको थियो । सीमावर्ती दक्षिणभेगमा मोटरसाईकल -यालीको आयोजना गरेको जानकारी पाएपछि मोर्चाका कार्यकर्ताहरुले विभिन्न स्थानमा टायर बालेर बिरोध जनाएका थिए । त्यसका बाबजुद कांग्रेस कार्यकर्ताहरुले गूठिसुर्यपुराबाट -याली निकाले । मधेसका माग पूरा नभएसम्म मधेसमा कुनै पनि पार्टीलाई निर्वाचन सम्बन्धी गतिविधि गर्न नदिने भन्दै मोर्चाले बिरोध गरेको हो । त्यसक्रममा पक्लिहवाको रतगञ्जमा बसेका मोर्चा र कांग्रेस कार्यकर्ताबीच सामानय भनाभन भएको थियो । मोर्चाका कार्यकर्ताले सांसद देवकरण कलवारको पुत्ला दहन गरेका थिए भने एउटा मोटरसाईक तोडफोड गरेका छन् । मोटरसाईकल -याली पक्लिहवा, महेशपुर, बेलाटारी, कुडियाहुँदै गुठिसूर्यपुरामा नै पुगेर सभा गरेर समापन भएको थियो ।सांसद जयसवालले शान्तिपूर्ण -याली र सभाका कार्यक्रमलाई अवरोध गर्नु लोकतान्त्रिक विधि विपरित भएको बताए । उनले मधेसका जायज माग पूरा गर्नका लागि आफूहरुले संसदमा आवाज उठाई रहेको भन्दै असन्तुष्ट दलहरुलाई पनि सहमतिमा ल्याएर निर्वाचन गराउन पहल भईरहेको बताए ।