27 C
Kathmandu
Thursday, March 4, 2021
2021 Mar 04, Thursday 05:26

TRENDING .

कावासोतीमा करेन्ट लागेका एकजना घाइतेको उपचारको क्रममा निधन

- Advertisement -

चैत्र-१४, कावासोती, नवलपरासीको कावासोतीमा गत आइतबार करेन्ट लागेर गम्भीर घाइते भएका ४५ बर्षीय महोमद हासिन मियाको आज (सोमबार) उपचारको क्रममा निधन भएको छ । कावासोती हाटबजार लाइनमा रहेको आफ्नै साइकल पसलमा काम गरिरहेको समयमा उनलाई करेन्ट लागेको थियो । मुस्लिम समाज कोइलापानीका अध्यक्ष समेत रहेका उनको आज विहान उपचारको क्रममा कृतिपुर मेमोरियल हस्पताल काठमाण्डौंमा निधन भएको उनका आफन्त रियाज खानले बताउनुभयो ।
उनको अवस्था जटिल भएपछि चितवन मेडिकल कलेजबाट उहांलाई थप उपचारका लागि हिजो आइतबार काठमाडौं लगिएको थियो । उनको शव भोलि उहांकै गाउं पर्वतको पैयूं गाउंपालिकाको अर्थुङ्गमा मुस्लिम धर्म संस्कृति अनुसार दाहसंस्कार गरिने छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्