27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 06:01

TRENDING .

तोकिएकै समयमा चुनाव हुन्छ, मोर्चा सहभागी हुनेमा बिस्वास छ: गृहमन्त्री निधि

- Advertisement -

चैत-१४, गृहमन्त्री बिमलेन्द्र निधिले सरकारले आगामी बैशाख ३१ गते घोषणा गरेको स्थानीय तहको निर्वाचन तोकिएकै समयमा एकै चरणमा हुने बताएका छन् । पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिको बैठकका लागि सोमबार मोरङ आएका गृहमन्त्री निधिले बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मधेसी मोर्चासमेतको सहमति र सहभागितामा चुनावको वातावरण बनाउनेतर्फ सरकारले तयारी गरिरहेको जानकारी दिए । उनले दुई चरणमा चुनाव गर्ने बारेमा चर्चा भइरहे पनि सरकारले एकै चरणमा गर्ने निर्णय गरिसकेको छ, त्यसका लागि सुरक्षा लगायत सबै तयारी भइसकेको बताए।

मधेसी मोर्चाको मूख्य मागको रुपमा रहेको सीमांकन हेरफेरबारे उच्चस्तरीय आयोग बनाएर चाँडै टुंग्याउन सरकार प्रयत्नशील रहेको गृहमन्त्री निधिले जानकारी दिए ।निर्वाचन लक्षित सुरक्षा योजना बनाउन पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिको बैठक अहिले क्षेत्रीय प्रहरी कार्यालयको सभाहलमा सुरु भएको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्