27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 06:53

TRENDING .

ईट्टा उधोगमा काम गर्ने मजदुरका बालबालिकालाई नेष्डोको जनमुखी कार्यक्रम, यो क्षेत्रमा बालश्रम न्यूनीकरण गर्न अझै धेरै काम गर्न बाकी

- Advertisement -

चैत्र-१३, ईट्टा उधोगमा काम गर्ने मजदुर टाढाबाट स-परिवार काम गर्न अर्को ठाउ जाने आउने भएकाले ईट्टा उद्योगमा बालश्रम प्रयोग हुने देखिएको छ । त्यस्ता श्रमिकका बालबालिकाको बालश्रम बढि प्रयोग हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उघोगमा बालश्रम न्युन गर्ने उद्देश्यले नेष्डो नेपाल नामक संस्थाले विभिन्न कार्यक्रमहरु आयोजना गर्दे आएको छ । इट्टा उघोगमा बालश्रम हटाइ उनिहरुलाई इटा उधोगमा नै शिक्षा दिने अभियान संञ्चाल गर्दे आएको नेष्डोले नवलपरासीको देवचुलि नगरपालिकामा रहेको माता मनकामना इटा उघोगमा पनि यो अभियान संञ्चाल गर्दे आएको हो । अरिव डेढ वर्ष अगाडि नवलपरासीमा पहिलो पटक मातामनकामना इटा उघोगमा  मजदुरका वालबालिकाहरुलाई आधारभुत शिक्षा प्रदान गर्न शुरु गरेको थियो  । यसै बिच आइतवार नेष्ठो नेपाल , जि एफ आइ र इटा उधोगको आयोजनमा पत्रकारहरु संग अन्तकृया तथा बालबालिकाहरुलाई शैक्षिक सामाग्रि प्रदान गरेको छ । नवलपरासीमा हाल एउटा उद्योगमा मात्रै यो कार्यक्रम लागु गरिएपनि अझै धेरै मा यस्तो कार्यक्रम संचालन हुनुपर्ने कार्यक्रमका बक्ताहरुले जोड दिए । पर्वत जिल्लामा स्थापना भएको नेष्ठो नेपालले विभिन्न सामाजिक गतिविधिहरु संञ्चालन गर्दे आएको नेष्ठो नेपालका संस्थापक अध्यक्ष एवम वर्तमान कार्यकारी प्रमुख  विश्व प्रकास प्रसाइले बताउनुभयो । उहाका अनुसार आफुहरुले विभिन्न सामाजिक कार्यहरु आयोजना गर्दे आउदा विभिन्न इटा उघोगमा काम गर्न आउने कामदारको बालबच्चाहरुलाई इटाउघोगको काममा नलगाई उनिहरुलाई उघोगमा नै पढ्पाउने व्यवस्था मिलाउन देशका विभिन्न स्थानमा रहेका इटा उघोगमा काम गर्ने कामदार तथा उघोग संञ्चालकहरुलाई विभिन्न तालिम तथा गोष्ठी मार्फत सचेत गराइ रहेको बताउनुभयो ।
ब्रेटर ब्रिक नेपालको पाचँ माप डण्ड अनुसार पहिलो कार्यक्रम बाल श्रम मान्य नहुने भन्ने कार्यक्रम लाई प्राथमिकता दिएको अधारमा ब्रिक स्कुल मोडल मोडल सुरु गरेको र यसले इटा उघोगमा काम गर्ने मजदुरका बालबच्चाहरुमा विधालय जान सक्ने बतावरण निर्माण हुने जि , एफ , आइका  कट्रि डारेक्टर होम नाथ आचार्यले बताउनुभयो । उहाका अनुसार नेष्ठो नेपाल र जि , एफ , आइले नेपालका चौध वटा जिल्लाका चालिस वटा इटा उघोगमा कार्य गर्दे आएको बताउनुभयो । उहाले यो अभियान एउटा मोडलको हिसाबमा रहेको र यसले इटा उघोगमा मात्र नभई बैदेशिक रोजगारको लागि विदेश पठाउने म्यान पावरहरुले पनि यो मोडल प्रयोग गर्ने हो भने बाल श्रमको रुपमा विदेश जान नपाउने नियम कडाइका साथ लागुने बताउनुभयो । जिल्लाको पहिलो बेटर ब्रिक कार्यक्रम लागु भएको मनाकामना इटा उघागमा हाल ४३ जना बालबालिकाहरु अध्ययन गर्दे आएका छन । आयोजित कार्यक्रममा देवचुलि नगरपालिकाका कार्यकारी अधिकृत मानबहादुर खड्का प्रमुख आतिथि रहनु भएको थियो । कार्यक्रमको अवसरमा त्यहा अध्ययन गर्ने बालबालिकाहरुलाई झोला तथा ति विद्यार्थीका लागि सहयोग गर्ने विद्यालयलाई साउण्ड सिस्टम प्रदान गरिएको थियो ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्