27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 11:59

TRENDING .

स्वर्गद्वारी जीप दुर्घटनाका मृतक सबैको सनाखत, हेर्नुहोस को को परे ?

- Advertisement -

चैत-११, ललितपुरबाट तीर्थयात्री बोकेर प्यूठानको स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नम्बरको स्कार्पियो जीप दुर्घटनामा ज्यान गुमाउने सबैको पहिचान खुलेको छ । स्वर्गद्वारी नजिकै रुमालेमा शुक्रवार विहान भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते छन् । मृत्यु हुनेहरुमा ललितपुर महानगरपालिका-१४ तिसेदेवलका दिनेश बस्नेत तथा उनका छोरीहरु दिक्षा, पद्मा र दिया छन् । त्यस्तै सोहि ठाउँका सुनिता श्रेष्ठ र श्रृष्टी खत्रीको पनि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । दुर्घटनामा घाईतेहुनेहरुमा सवारी चालक सरोज घले, सुशीला बराल र अमृता गजुरेल छन् । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा प्राथमिक उपचार पछि थप उपचारका बुटवल रिफर गरिएको छ । ९ जना सवार जीप सडकबाट करिव १५० मिटर तल खसेको थियो ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्