27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 11:43

TRENDING .

जानिराख्नुस अबको चुनावमा पुरानो मतदाता परिचय पत्र काम लाग्दैन, कसरी पाउने मतदाता परिचयपत्र ?

- Advertisement -

चैत-११, काठमाडौं । ०७० को निर्वाचनमा प्रयोग भएको फोटो सहितको मतदाता परिचयपत्र अबको चुनावमा काम नलाग्ने भएको छ । निर्वाचन आयोगले उक्त मतदाता परिचयपत्र खारेज गरी नयाँ परिचय पत्र तयार गर्दै छ । उक्त नयाँ मतदाता परिचयपत्र प्राप्त व्यक्तिले मात्रै आगामी निर्वाचनमा मतदान गर्न र उम्मेदवार बन्न पाउनेछन् ।

निर्वाचन आयोगले चैत २० गतेसम्म मतदाता नामावली अद्यावधिक गर्दै छ । यसअघिको मतदाता नामावलीमा कतिपय मतदाताको मृत्यु भएको, केहीले बसाइँ सराइको निवेदन दिएको र अधिकांशको मतदान केन्द्र परिवर्तन भएको छ ।

यस्तै, ०७० सालको निर्वाचनपछि धेरै मतदाता थपिएका छन् । उनीहरुको अद्यावधिक गर्ने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले अहिले मतदाता नामावलीको अद्यावधिक गर्ने र हरेक मतदाताको मतदान केन्द्र तोक्ने काम गरिरहेको छ ।

आयोगले आगामी चैत २० गतेसम्म मतदाता नामावलीको अद्यावधिक र उनीहरुको मतदान केन्द्र तोक्ने काम सम्पन्न गरिसक्ने बताएको छ । त्यसपश्चात मात्र मतदाता परिचयपत्रको छपाइ सुरु हुनेछ । आयोगको निर्वाचन व्यवस्थापनको क्यालेण्डर अनुसार बैशाख १० देखि १५ गतेसम्म आयोगले सबै मतदाता परिचयपत्र प्राप्त गरिसक्नेछ ।

कसरी पाउने मतदाता परिचयपत्र ?

निर्वाचन आयोगले हरेक मतदाताको परिचयपत्र सम्बन्धित मतदाताको मतदान केन्द्रको ठेगानामा उपलब्ध गराउनेछ । यदि विभिन्न जिल्लाका मतदाता निर्वाचनअघि काठमाडौंमा हुन सक्छन् । उनीहरुलाई लाग्न सक्छ, मेरो मतदाता परिचयपत्र म यहीँबाट लिन सक्नेछु । तर, त्यस्तो हुँदैन । हरेक मतदाताले आफ्नै मतदान केन्द्रमा पुगेर मात्र मतदाता परिचयपत्र लिन सक्नेछन् । निर्वाचन आयोगका अनुसार ढिलोमा करिब बैशाख १५ बाट मतदाता परिचयपत्र मतदान केन्द्रसम्म पुग्न थाल्नेछ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्