27 C
Kathmandu
Tuesday, March 9, 2021
2021 Mar 09, Tuesday 05:53

TRENDING .

विधुत प्राधिकरणले ल्यायो बिजुली र पैसा बचाउने अर्को योजना , २ करोड थान एलइडी बल्ब बाँड्दै, ४० अर्बको खर्च बच्ने

- Advertisement -

चैत-११, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तत्काल २ करोड थान एलइडी बल्ब आफ्ना ग्राहकलाई वितरण गर्ने भएको छ । यसबाट राष्ट्रिय प्रशारणमा २ सय मेगावाट बिजुलीको लोड घट्नेछ भने राज्यको ४० अर्ब रूपैयाँ बराबर बचत हुनेछ ।

प्राधिकरणले आफ्ना ग्राहकलाई सुपथ मूल्यमा एलइडी बल्ब उपलब्ध गराउनेछ । गुणस्तरीय यो बल्बको मूल्य बजारमा उपलब्ध बल्बहरुभन्दा निकै सस्तो पर्नेछ । यो २ करोड बल्बमध्ये पहिलो लट अबको १५ दिनभित्रै काठमाडौं आइपुग्नेछ । केही साताअघि काठमाडौंमा भएको नेपाल-भारत उर्जा सचिव स्तरीय बैठकमा भारतले नेपाललाई सुपथ मूल्यमा यस्तो बल्ब उपलब्ध गराउन सहमति दिएको थियो ।

अब भारत सरकार स्वामित्वको ईईएसएल कम्पनीले ऊर्जा मन्त्रालयमार्फत प्राधिकरणलाई २ करोड थान बल्ब सहुलियत रेटमा केही साताभित्रै उपलब्ध गराउने भएको छ । यस्तै ऊर्जा बचत गर्ने विभिन्न परियोजना सफल भएका कारण बिजुलीको माग घटाएर सम्भावित ऊर्जा संकटलाई भारतले पार लगाइरहेको छ ।

बजारको भन्दा ३ गुणा सस्तो

अब यस्तै उदेश्यसहित नेपाल आउने एलइडीलाई भारतले उपलब्ध गराउने मूल्य र आपूर्ति लागतकै आधारमा उपभोक्तालाई वितरण गरिने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । २ करोड बल्बहरु  मध्ये एलर्इडी बल्ब ७ र ९ वाटका हुनेछन् भने ट्युवलाइट २० वाटको हुनेछ । प्राधिकरणले उभोक्तालाई साधारण सीएफएलभन्दा कम बिजुली खपत गरेर उच्चस्तरको प्रकाश दिने एलइडीको प्रयोगमा प्रोत्साहित गर्न लागेको हो । प्राधिकरणबाट यो बल्ब किन्दा उपभोक्तालाई बजारको भन्दा ३ गुणा सस्तो पर्नेछ । यसमा ३ वर्षको ग्याररेन्टी पनि हुने भएकाले उपभोक्ताहरु ठगिनु नपर्ने र सुपथ मूल्यमा बल्ब पाइने प्रवक्ता अधिकारीले बताए ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्