चैत्र-१०, कावासोती, ,नवलपरासीको कावासोती नगरपालिका ७ रामनगर टोल बस्ने वर्ष ४७ वर्षकि कुमारी देवि महतोको गैडाको आक्रमणबाट मृत्यु भएको छ । २ दिनअघि घर नजिकै रहेको नमुना मध्यवर्ति सामुदायिक बनमा घँस दाउरा काट्न गएकी महतो घर नफर्केपछि प्रहरी र स्थानयिले खोजी गर्नेक्रममा विहिवार दिउसो मृत फेला पारेका हुन । घर देखि २ किमिको दुरीमा पर्ने जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घट्नाको प्रकृति हेर्दा जंगलि गैडाको आक्रमणबाट मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।