चैत्र-९, परासी, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले स्थानीय चुनाव बहिष्कार अभियान भन्दै आज नवलपरासीको परासीमा वृहद मोटरसाईकल र्याली निकालेको छ ।
मोर्चाले सिमावर्ती क्षेत्र महेसपुरबाट करिब हजार मोटरसाईकलको संख्यामा निकालेको मोटरसाइकल र्याली बेलासपुर, उजैनी, मन्झरिया हुदै सदरमुकाम पुगेर विरोध सभामा परिणत भएको थियो ।
कोणसभामा संसदमा विचाराधिन रहेको संविधान संशोधन विधयेक पास नभएसम्म कुनै हालतमा स्थानीय तहको निर्वाचनमा सहभागि नहुने धारणा मोर्चाका नेताहरुले राखेका थिए ।