27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 12:38

TRENDING .

भारतमा दश बर्ष बस्दा खाली हात अहिले आफ्नै देशमा मासिक आम्दानी तिन लाख

- Advertisement -

चैत्र-९, गैडाकोट, बिबेक भण्डारी । गैडाकोट नगरपालिका-७ का होमनाथ सापकोटाले यतिबेला आफ्नै पाउरोटी उधोगबाट मनग्य आम्दानी गर्न सफल भएका छन । दश वर्ष भारतमा श्रम गर्दे आएका सापकोटा सुरुका दिनहरुमा देशमा केहि पनि आम्दानिको स्रोत नदेखेपछि भारतको दिल्ली पसेका थिए । सापकोटा ले अहिले आफु मात्र हैन गाउका अरुलाई रोजगार प्रदान गर्न सफल भएका छन । भारतको दिल्लीमा पाउरोटि उघागमानै काम गरेका सापकोटाले भारतबाट सिकेर आए पछि आफ्नै देशमा केहि गर्नुपर्छ भन्ने मनासयले गाउमै उघोग स्थापना गरेको बताए । अरुको देशमा काम गर्न पनि भने जस्तो सजिलो नहुने, समयमा पैसा पनि नपाइने, परिवारबाट टाढा बस्नुपर्ने  पीडाले सताएपछि आफुले दिल्लीमा गर्दे आएको काम छाडेर आफ्नै गाउमा केहि गर्ने अठोटका साथ घर फर्केको बताए । अहिले सापकोटाले मासिक ढाई देखि देखि तिन लाख सम्म कमाउन सफल भएका छन । आफुले भारतको दिल्लीबाट सोचे जस्तो पैसा कमाउन नसकी केवल काम मात्र सिकेर आएको बताउर १० वर्ष गरेको मेहेनतले आफ्नै देशमा केहि गर्न सकएिको भनाई छ । पहिले रोजगारी नपाए कै कारण रोजगारको सिलसिलामा भारत गएका सापकोटाले अहिले घरकै खाना खाएर मनग्य आम्दानि गर्दे आएका छन । उनले उद्योग स्थापना गरे पश्चात स्थानिय पाँच जनालाई पनि रोजगार दिन सफल भएका छन । अहिले सापकोटाको उघोगमा पाउरोटि, समोसा, बर्थदे केक लगाएत उत्पादन हुन्छ । उनले अहिले आफ्नो आम्दानिलाई दिनानुदिन बढाउन सफल भएका छन । हाम्रो देशमा बाहिरी मुलुकका व्यत्तिहरु आएर यस्तै काम गरेर मनग्य आम्दानी गरेका छन भने हामिले हामै देशमा किन नगर्ने सापकोटाको भनाई छ । हामीले आट र जागर गर्न सक्नु पर्छ आवसर र अम्दानि हाम्रै देशमा जत्ति पनि छ । यसको उदाहरण बनेका छन् यति बेला सापकोटा  ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्