27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 11:57

TRENDING .

निर्वाचन आचारसहिता : फेसबुक/ट्वीटर चलाउनेले ख्याल गर्नुस, १ लाख जरिवानामा पर्नुहोला

- Advertisement -

चैत-८, काठमाडौं । आगामी बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचन सम्बन्धि आचारसंहिता लागु भईसकेको अवस्थामा सामाजिक संजाल चलाउने आम नागरिकले सचेत हुनुपर्ने भएको छ ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता सँगै फेसबुक लगायत सामाजिक संजालमा निर्वाचनसम्बन्धि स्टाटस पोष्ट गर्दा तथा कमेन्ट गर्दा सचेत हुनुपर्नेछ । निर्वाचन आयोग ऐन ०७३ को दफा २३ अनुसार आयोगले आचार संहिता उल्लंघन गर्नेलाई रोक्न आदेश दिने छ र उसको आदेशलाई उल्लंघन गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई निर्वाचन आयोगले एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने प्रावधान छ ।

निर्वाचन आचार संहिता लागू भएसंगै कुनै पनि व्यक्तिले कुनै उम्मेद्वार वा राजनीतिक दलको विपक्षमा आधारहीन कुराहरु फेसबुक ट्विटर तथा कुनैपनि सामाजिक संजालमा पोष्ट गर्न पाउदैन । यदी आचारसंहिता बिपरित गरेमा उक्त व्यक्तिलाई १ लाखसम्म जरिवाना तिराईनेछ । सामाजिक संजालमा पोष्ट गर्नु त टाढाको कुरा कुनै राजनीतिक दल वा नेतालाई निराधार आरोप लगाईएको कुरा भाइबर वा एसएमएस मार्फत समेत पठाउन पाइनेछैन ।

अनलाइनमा बढ्दो बिरोध, निराधार आरोप, व्यक्तिगत तथा दलीय रुपमा आँच आउने खालका सामग्रीहरु सामाजिक संजालमा पोष्ट गर्दा वा निर्वाचन अवधिभर निर्वाचन आचारसंहिता बिपरित काम गर्न पाइदैन । हुनत यस्ता कुरा कहिलै पनि गर्न पाइदैन तर निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागु भईसकेको अवस्थामा यस्ता कुरालाई निकै गम्भीर रुपमा निगरानी राख्ने हुँदा कुनैपनि व्यक्ति दण्ड/जरिवानामा पर्न सक्छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्