27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 09:47

TRENDING .

नवलपरासीमा १४ बर्षीय बालिकाको लास जलाउदा जलाउदै भागे सबै गाउले, संकास्पद भन्दै प्रहरीले थाल्यो अनुसन्धान

- Advertisement -

चैत्र-७, खगराज सापकोटा । नवलपरासीको पाल्हीनन्दन गाउंपालिका हरपुर मुडेराकी एक बालिकाको लास जलाउदा जलाउदै गरेको लास छोडेर सबै मलामी भागेका छन् । १४ वर्षिय उर्मीला यादवको मृत्यु भएको भनिएको र दशगजा क्षेत्रमा लाश जलाउदै गर्दा प्रहरी पुग्नासाथ स्थानीय भागेपछि घटना थप रहस्यमय भएको हो । शंकास्पदरुपमा मृत्यु भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ । यतिबेला प्रहरीले मृतकी आमालाई नियन्त्रणमा लिएर सोधपुछ गरीरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक टिकाराम पोख्रेलका अनुसार शनिवार स्थानीय एक युवकसंग काठमाण्डौ जान खोजेकी यादवलाई प्रहरी र स्थानीयले रोकेका थिए । गिरी र यादव प्रेम सम्बन्धमा रहेकाले भाग्न थालेपछि परिवारले प्रहरीलाई रोक्दिन अनुरोध गरेका थिए । सनिवार उनीहरुलाई सम्झाई बुझाई  गरेर प्रहरीले  अभिभावकको जिम्मामा छाडेको थियो । ‘कलिलै उमेरमा स्थानीय राजन गिरी संग भागेर काठमाण्डौ जान लाग्दा २ दिन अघि अभिभावक र हामीले रोकेका थियौ । पोख्रेलले भने ‘ सोमबार अचानक मृत्युको खबर र हतार हतार लास जलाउन लागेको खबर प्राप्त भयो । ’ गेर्मी स्थित नेपाल भारतको दशगजा क्षेत्रमा जलाउदै गरेको खबर पाएपछि प्रहरी पुग्दा लास जलिसकेर अधिकासं मलामी समेत फर्कीसकेको र केही प्रहरी लाई देखेपछि भागेका थिए ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्