चैत्र-७, देवचुली, बिबेक भण्डारी। नवलपरासी जिल्लाको देवचुलि नगरपालिका-६ मा रहेका सर्वसाधारण गाउँमै स्वास्थ्य सेवा उपलब्घ भएपछि खुशी भएका छन् । नगरपालिकाको शान्ति डाडामा केहि महिना अघि स्थापना गरिएको शहरी स्वास्थ्य केन्द्र यति बेला प्रभावकारी देखिएको छ । गाउमै सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको स्वास्थ्य केन्द्र स्थानियका लागि प्रभावकारी बनेको हो । विकट क्षेत्रको रुपमा रहेको सो क्षेत्र सान्ति डाढाका नामले चिनिने गरेको छ । दलित तथा विपन्न वर्गको धेरै संख्या रहेको सो स्थानमा शहरी स्वास्थ्य केन्द्र स्थापना पछि निशुल्क रुपमा सामान्य उपचार पाए पछी स्थानीय हर्षित देखिन्छन । शान्ति सृजना आमा समुह द्वारा निर्माण गरिएको भवनमा स्वास्वास्थ्य सेवा लिन पाउदा त्यस क्षेत्रका स्थानिय हर्सित छन । पहिले गाउँमा स्वास्थ्य केन्द्र स्थापना नहुदा डाँढाबाट केउरेनि स्थीत दुम्कौलिस्वास्थ्य केन्द्रमा जनुपर्ने बाध्यता अहिले त्यस क्षेत्रका स्थालिलाई रहेको देखिदैन । सामान्य टाउको दुखेको , ज्वरो आएको भए पनि दुम्कौलि स्वास्थ्य केन्द्रमा जाने स्थानियलाई यतिबेला घरको आगनमा नै स्वास्थ्य केन्द्र स्थापना भए पछि सजिलो भएको बताएका छन । अहिले त्यस क्षेत्रका करिव ६ सय घर धुरी यस शहरी स्वास्थ्य केन्द्रबाट लावान्वीत भएका छन ।
शहरी स्वास्थ्य केन्द्र स्थापना भए पछि प्रभावकारी भएको शहरी स्वास्थ्य केन्द्रकी प्रमुख अहेव हिरा लामिछानेले बताउनुभयो । सामान्य उपचार लिन पनि दुम्कौलि स्वास्थ्य केन्द्र जनुपर्ने उनिहरुलाई अहिले शहरी स्वास्थ्य उपचार स्थापना पछि सरल भएको बताउनुभयो । उहाका अनुसार पहिले स्वास्थ्य उपचार गर्न टाढा जनुपर्ने कारण उपचार नै नगरि वस्ने यहका स्थानिय अहिले उपचार गर्न आउने गरेको बताउनु भयो ।