27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 02:50

TRENDING .

संसदमा लम्पसारवाद र अराजकताको बहस, यो सरकारलाई राष्ट्रको सुरक्षा भन्दा लम्पसारवाद भन्ने शब्द मन पर्छ: भिम रावल

- Advertisement -

चैत्र-७, – व्यवस्थापिका संसदमा लम्पसारवाद र अराजकताको चर्को बहश भएको छ। संसदको आजको बैठकमा एमाले उपाध्यक्ष भिम रावलले प्रवुद्ध समूहको बैठक पटक पटक स्थगित भएकोमा प्रश्न उठाए।  ‘यो सरकारले बैठक किन स्थगित गरेको हो ? उनले भने, ‘ सरकारले सार्वभौम अखण्डता र सीमा रक्षाको लागि सोच्न पर्छ। १९५० को सन्धि लगायतका कुरा हेर्ने त्यो बैठक किन स्थगित गरिएको हो।’ यो सरकारलाई राष्ट्रको सुरक्षा भन्दा शब्दकोसमा रहेको लम्पसारवाद भन्ने शब्द मन पर्छ भन्दै रावलले प्रश्न गरे।

रावलले शान्तिपूर्ण राजनीतिक कार्यक्रमलाई अराजक देखेकोमा आपत्ति जनाए। ‘राजनीतिक दलहरु जनताको बिचमा नजाने संविधानको कुरा नमान्ने र अरुले गर्दा अराजक भन्ने?’ उनले भने ‘यसरी लोकतन्त्रको दुहाई दिएर गोहिको आँसु किन खसाल्ने ?’  रावलले मेची महाकाली अभियानमा साथ दिनेहरुको प्रशंसा गरे। ‘संविधानलाई टार्ने सार्ने अनेक बहाना बनाएर अन्यथा बाटोमा जाने वातावरण नबनोस्’, उनले भने।

‘लोकतन्त्र मान्छु भन्ने चुनावमा जान नमान्ने र अरुले जाउँ भन्दा अराजकता भयो भन्ने?’ रावलले प्रश्न गरे।

कांग्रेस सांसद रामहरि खतिवडाले प्रतिपक्षी दलले कसैको कुरा नमानी देशव्यापीरुपमा गाली गर्दै हिंड्नु गलत भएको बताए। ‘अरु दलै होइनन् हामी मात्रै दल हो भनेर एउटा दल हिँडेको छ,’ उनले भने,  ‘अरुको अस्तित्व नस्वकार्ने र अराजकता फैलाउने बाटोमा गएको छ।’ एमालेले आफु मात्रै राष्ट्रवादी भएको भन्नै अरुको अस्तित्व अस्विकार गर्न खोजेको बताए। संविधान कार्यान्वयन गर्न एक भएर लाग्न उनले आग्रह गरे। ‘अरुलाई होच्याउँदै अस्विकार गर्दै जाने प्रवृत्ति चुनावमा जाने प्रवृत्ति होइन’, खतिवडाले भने।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्