चैत्र-७, काठमाडौं– निर्वाचन आयोगविरुद्व राप्रपाले गरेको प्रदर्शनको क्रममा चर्चित नेत्री कोमल वलीसहित १९ नेता कार्यकर्ता घाइते भएका छन् ।
घाइतेमध्ये १६ जनाको वीर अस्पताल र तीन जनाको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार वीरअस्पतालमा उपचार गराइरहेकामा सांसद सइन्द्र वान्तवा, केन्द्रीय सदस्य पुजा शाह, सिर्जना बर्मालगायत छन् भने मोडल अस्पतालमा कोमल वली, सरस्वती अधिकारी र मिना जोशीको उपचार भइरहेको छ ।