27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 09:16

TRENDING .

रिमोट कन्ट्रोलले चल्ने र खान मिल्ने यो हो गज्जबको ट्रक केक

- Advertisement -

जमानासँगै केकको स्वरुपमा पनि परिवर्तन आएको छ । मानिस, कार्टुनको आकृति वा फोटो नै छापिएको दुई तीन तल्ले केक अहिलेको ट्रेन्डमा छ । निकै राम्रासँग सजाइएका उत्कृष्ट केकहरु तपाईंमध्ये धेरैले देख्नुभएको होला तर आज हामी तपाईंलाई जुन केक बारे बताउँदै र देखाउँदै छौं सायद त्यो अझसम्म कसैले पनि देख्नुभएको छैन होला । रिमोट कन्ट्रोलले चल्ने यो केक एक विद्युतीय खेलौनाका साथै केकका पारखीका लागि मिठो खाजा पनि हो । रोकिनुभन्दा पहिले यो रिमोटबाट चल्ने ट्रक कोठामा एकछिन गुडेको देख्न सकिन्छ । सानो कार देखेपछि टक्क अडिन्छ र पुनः त्यसलाई छलेर आफ्नो बाटो लाग्छ । यति दृश्य हेरुञ्जेल तपाईंले यो रिमोटबाट चल्ने सामान्य ट्रक सोच्नुहुन्छ तर त्यसपछिका दृश्यले तपाईंलाई अचम्मित बनाउनेछ । ट्रकका मालिकले उक्त ट्रकलाई एक चक्कुको सहयोगले काट्छिन् र केक बनाउँदा प्रयोग हुने मिठो देखिने स्पोन्ज देखाउँछिन् । हंगकंगको प्यान्डोरा केक सपले बनाएको उक्त गुड्ने केकमा ‘फ्ल्यास लाइट’ र ‘हर्न’ पनि छन् ।उक्त ट्रकले बिस्कुटका टुक्रालाई लोड गरेको देख्न सकिन्छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्