चैत-७, काठमाडौं । विधानबाट राजसंस्था र हिन्दु राष्ट्रसम्बन्धी वाक्यांश हटाइदिएको विरोधमा सत्तारुढ राप्रपाले निर्वाचन आयोग घेराउ गर्दैछ ।
आयोगले यसअघि राप्रपाको विधान संविधानसँग बाझिएको भन्दै राजसंस्था र हिन्दु राष्ट्र सम्बन्धी वाक्यांश हटाएर प्रमाणित गर्ने निर्णय गरेको थियो । त्यसको विरोधमा कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न लागिएको राप्रपाले जनाएको छ ।
राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाका नेता-कार्यकर्ताहरु सोमबार दिउँसो १२ बजे शान्तिबाटीकामा जम्मा भएर आयोग कार्यालयसम्म पुगेर प्रदर्शन गर्नेछन् । त्यसपछि आयोग कार्यालय अगाडि एक घण्टा धर्ना दिने कार्यक्रम छ ।