27 C
Kathmandu
Tuesday, March 2, 2021
2021 Mar 02, Tuesday 12:35

TRENDING .

मधेशी आन्दोलनका सहयोगी योगी आदित्यनाथ उत्तर प्रदेशको मुख्यमन्त्री हुने पक्का

- Advertisement -

चैत्र-६, उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथ हुने पक्का भएको छ । हिन्दु कट्रपन्थी विचारका योगी आदित्यनाथलाई उत्तर प्रदेशको मुख्यमन्त्री बन्ने कुरा भारतीय जनता पार्टीको विधायक दलको बैठकले  निर्णय गरेको हो ।

उनी विधादयक दलका नेता पनि भएका छन् ।लखनउमा उनले शपथ लिने भएका छन् । सो शपथ कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागि हुने छन् । मोदीका साथै विभिन्न उच्चतहका व्यक्तित्व लगायत ५० हजारभन्दा बढी व्यक्तिको सहभागितमा सो शपथ कार्यक्रम हुने बताइएको छ ।

शपथ ग्रहण कार्यक्रमलाई भव्य बनाउने तयारी

उत्तर प्रदेशको मुख्यमन्त्री को हुने विषयमा विजेपीमा ठूलो विवाद थियो । एक हप्तासम्म त्यसको विवाद चलेको थियो । मुख्यमन्त्रीको विषयमा छलफल गर्नका लागि भाजपाका अध्यक्ष अमित शाहले आदित्यनाथलाई प्लेन चार्टर गरेर दिल्ली बोलाएका थिए । उनी भारतीय प्रधानमन्त्री मोदी र अध्यक्ष अमित शाहको रोजाईमा युपीका मुख्यमन्त्री बन्न लागेका हुन् ।

गोरखपुरका गोरक्षनाथ मन्दिरका महन्थ समेत रहेका उनी नेपालका बारेमा निकै जानकार व्यक्ति हुन् । नेपालका कट्टर हिन्दुवादी नेतासँग राम्रो हिमचिम बनाएर बसेका आदित्यनाथ नेपालका माओवादीसँग निकै शंसकित रहेका छन् ।

नेपालका माओवादी केन्द्रको नेतृत्वमा सरकार रहेको छ । माओवादी विचारको खुलेर विरोध गर्ने उनी नेपालमा माओवादी शक्तिमा आउनुलाई उनले मन पराएका थिएन ।

नेपालका ठूला ठूला नेताहरु गोरखपुर मन्दिरमै गएर उनीसँग भेटेर आशिर्वाद लिइसकेका छन् । पश्चिम मधेशका नेताहरु आदित्यनाथसँग आर्शिवाद लिन पटक पटक गएको बताइन्छ । स्रोत भन्छन्, पहिलो मधेश आन्दोलनमा आदित्यनाथको सहयोग मधेशी दललाई थियो ।

त्यसैले उत्तर प्रदेश, विहारलगायत राज्यको मुख्य मन्त्री को बन्दैछ भने मधेशी दलका लागि चासोका विषय हुन्छ । मुख्यमन्त्री बन्ने पक्का भएपछि मधेशवादी दलका नेताहरुले आआफ्नो माध्यमबाट शुभकामना दिइरहेका छन् ।

नेपालमा हिन्दु राष्ट्र हुनुपर्नेमा नेपालमै आएर वकालत गरेका योगीनाथ उत्तर प्रदेशको मुख्यमन्त्री बनेपछि नेपालको राजनीतिकलाई कस्तो प्रभाव पार्ने त्यो पछिको परिणामले देखाउनेछ । उनले हिन्दु राष्ट्र नेपाल पुस्तक पनि लेखेका हुन् ।

बेलाबेलामा आफ्नो अभिव्यक्तिका कारण विवादमा आइरहने आदित्यनाथको धर्म सँस्कृतिमा आफ्नै कानुन रहेको छ । उनले दिपावलीदेखि अन्य पर्व कहिले हुने आफै निर्णय गर्छन्, त्यही भएर त्यहाँ एक दिन अगाडि पछाडी पर्वहरु हुने गरेको भारतीय सञ्चारमाध्यले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि हिन्दु राज्यका लागि आन्दोलन गर्ने घोषणा गरिसकेको बेला नेपालसँगै टाँसिएको उत्तर प्रदेशमा हिन्दुवादी मुख्यमन्त्री बन्दैछन् । त्यसले नेपालमा ठूलो अर्थ राख्छ । यसअघि पनि नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्दै नेताहरुलाई दवाव दिनुभएको र त्यस अनुसारको लगानी पनि गरेको स्रोतहरु बताउँछन् ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्