27 C
Kathmandu
Saturday, March 6, 2021
2021 Mar 06, Saturday 11:47

TRENDING .

पत्रकार महासंघ चितवनको ११ औं अधिवेशनले १९ सदस्यीय नयाँ कार्यसमिति चयन, अध्यक्षमा राधेश्याम खतिवडा निर्वाचित

- Advertisement -

चैत्र-६, चितवन, नेपाल पत्रकार महासंघ चितवनको ११ औं अधिवेशनले १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार बिहान ५ बजे सम्पन्न चुनावी प्रक्रियाबाट अध्यक्षमा राधेश्याम खतिवडा निर्वाचित हुनुभएको छ । सूर्यप्रकाश कँडेललाई हराउदै बिजयी हुनुभएको थियो । यस्तै सचिवमा राजु चौधरीलाई हराउँदै तिर्थ नेपाल विजयी हुनुभएको छ । अन्य पदहरुमा भने चितवनको पत्रकारिता क्षेत्रमा सक्रिय पेशागत संगठनहरु प्रेस युनियन, प्रेस चौतारी, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस सेन्टर लगायतको सहमतिमै पद भागबन्डा गरेपछि निर्विरोध चयन भएका हुन् । उपाध्यक्षमा खुलातर्फ नारायण अधिकारी तथा महिला तर्फ शान्ता अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । सहसचिव पदका लागि भने खुला र समावेशी दुवै तर्फ सर्बसम्मतिमा चयन भएको हो । सहसचिवको खुलामा प्रविणकुमार दत्त चयन हुनुभएको छ भने समावेशीमा शन्तकुमार चौधरी चयन हुनुभएको छ । यस्तै कोषाध्यक्षमा प्रकाशमणि ज्ञवाली निर्विरोध चयन हुनुभएको छ । यस्तै समावेशी तर्फका सदस्यमा सर्वसम्मति भएको छ । महिला सदस्यमा प्रमिता ढकाल, दलितमा अमिर रामदाम, जनजातिमा बबिलाल तामाङ र मधेसी कोटामा रीता ढकाल भगत निर्विरोध चयन हुनुभएको छ । बाँकी ८ खुल्ला सदस्यमा पनि भागबण्डाका आधारमा सर्वसम्मतिले चयन भएको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्