भारतीय चर्चित कमेडियन कपिल शर्मा बेला बेलामा चर्चामा आइ रहन्छन् । कहिले ट्वीटका कारण चर्चामा आउँछन् त कहिले विवादित भनाईका कारण ।कहिले प्रेमिका सार्वजनिक गरेर जति चर्चामा आए यतिबेला उनी रक्सीका कारण फेरी चर्चामा आएका छन् । उनले रक्सी खाएर अर्का चर्चित कमेडियन सुनिल ग्रोवरलाई कुटेको खवर यतिबेला भारतीय मिडियाहरूमा छाइरहेको छ ।
केही समयअघि उनको टिम स्पेशल कार्यक्रम सुटिङका लागि अष्ट्रेलिया पुगेको थियो । अष्ट्रेलियाबाट मुम्बई फर्कने क्रममा फ्लाइटमा उनले सुनिलसँग नराम्रो तवरले झगडा गरे । भारतीय मिडियाका एक प्रत्यक्षदर्शीका अनुसार उनले रक्सी खाएर डा.गुलाटी अर्थात सुनिल ग्रोवरलाई बिना कारण नराम्रो तवरले गाली गर्न थाले । केही समयको रिस होला भन्दै ग्रोवर चुप लागेर बसे पनि उनको रिस झन बढ्दै गयो र झन ठूलो ठूलो स्वरमा गाली गर्न थाले । यतिले मात्र नपुगेर उनले सुनिललाई मारपिट नै गर्न थाले । यो देखेर फ्लाइटका अन्य व्यक्तिहरूले उनलाई समाउन खोजे तर सुनिलले रोके । सुनिलले रक्सीले चुर भएका कपिललाई बेवास्ता गर्न आग्रह गर्दै अरुलाई त्यहाँबाट पठाए ।
घटनाका बारेमा सुनिलले आफ्नो प्रतिक्रिया नदिएको भए पनि कपिलले भने त्यसको बारेमा जवाफ दिएका छन् त्यो पनि आफ्नै शैलीमा। उनले एक भारतीय मनोरञ्जन साइट, बलिउड लाइफलाई यस्तो प्रतिक्रिया दिएका छन्। ‘मलाई थाहा छैन्। खासमा हाम्रो प्रत्येक उडानमा लडाईं हुने गर्छ.. हरेक ठाँउमा हुने गर्छ… यो स्वस्थ्य लडाईं हो..हामी कामका लागि लडाईं.. गर्छौ।’
कपिलले यस्तो ठट्यौली प्रतिक्रिया जनाए पनि भारतीय संचार माध्यमले कपिलको हर्कत रोक्न प्लेन कर्माचारीले हस्तक्षेप नै गर्नुपरेको थियो। धेरैले कपिलको यस्तो हर्कतलाई बढ्दो लोकप्रियताको मातको रूपमा पनि व्याख्या गरेका छन्।