27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 07:33

TRENDING .

वन डढेलो नियन्त्रण अभियान अन्तर्गत नवलपरासीमा विभिन्न कार्यक्रम

- Advertisement -

परासी  , ५ चैत  ।  नवलपरासीमा वन डढेलो व्यवस्थापन जन चेतना सप्ताहा अन्तर्गत विभन्न कार्यक्रमहरु सञ्चालन गरिएका छन् । सुख्खा मौषम मा वन क्षेत्रमा डढेलो लाग्ने जोखिम वढि हुने हुदा त्यसको रोकथामका लागि जिल्ला स्तरीय रुपमा जनचेनामुलक कार्यक्रमहरु सञ्चालन गरिएका छन् । जन चेतना सप्ताहा नै मनाएर जिल्लामा विभिन्न सामुदायिक वनहरुको साझोरीमा कार्यक्रमहरु सञ्चान भइ रहेको साहायक वन अधिकृत प्रमोद भट्टराइले वताउनु भयो । नवलपरासीका सामुदायिक वन , साझेदारी वन र राष्ट्रिय वन सवै क्षेत्रमा अहिले जनचेतना सप्ताहा अन्तर्गत वन ढडेलो नियन्त्रण सम्वन्धी तालिम , सडक नाटक , र्याली लगाएतका कार्यक्रमहरु सञ्चाल गरिएका छन् । डढेलो व्यवस्थपन जनचेतना सप्ताहा अन्तर्गत नवलपरासीको अरुणखोलामा जनचेतना मुलक कार्यक्रमका साथै र्याली सम्पन्न भएको छ । सेक्टर वन कार्यालय अरुणखोलामा आयोजीत जनचेतना मुलक कार्यक्रम पछि र्यालिले अरुणखोला वजार परिक्रमा गरेको थियो । कार्यक्रममा साहायक वन अधिकृत प्रमोद भट्टराइ , सुरक्षा निकायका प्रतिनिधीहरु , विभिन्न सामुदायिक वनका पदाधिकारी सहित उपभोक्ताको सहभागिता हरेको थियो । यसैविच विजय सामुदायिक वन उपभोत्ता समुह चोरमाराले आफ्नो वन क्षेत्र भित्र अग्नी रेखा निर्माण कार्य थालेको छ । वन क्षेत्रका उपभोक्ताहरुको सक्रियतामा वाटो सरसफाइ तथा सुकेका पातहरुके व्यवस्थापन गर्ने कार्य गरिएको हो । वन क्षेत्रमा डढेलो नियन्त्रणका लागि उपभोक्ताहरु कै सक्रियताममा कार्यक्रमहरु सञ्चालन गरिएको वनसमुहले जनाएको     छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्