27 C
Kathmandu
Sunday, March 7, 2021
2021 Mar 07, Sunday 10:43

TRENDING .

नवलपरासीमा कौराहा गित र नाचंको वृहत प्रदर्शनी

- Advertisement -

नवलपरासी
चैत ५ –मगर समुदायको लोकप्रिय कौराहा गित र नाचं लोपहुदै गएपछि नयां पुस्ता लाई जानकारी दिने उदेश्यले जिल्लाको कावासोतीमा शनिवार वृहत प्रदर्शनी गरीएको छ । मौलिक पोशाक र पुराना संस्कृतीको जर्गेना गर्ने उदेश्यले राष्ट्रिय मौलिक कौराह संरक्षण समिति नेपालको आयोजनामा कावासोतीको खुल्ला मैदानमा वृहत प्रदर्शनी गरी युवाहरु लाई जानकारी गराईएको हो । आफ्नो मौलिक संस्कृति र नाचं बारे कार्यक्रममा सहभागि लाई जानकारी गराईएको थियो । देश भरका मगर समुदायमा प्रचलित गित र नृत्यद्धारा आफ्ना हक अधिकारका विषय उठान गरीएको आयोजक समितिका इन्द्रफाल मगरले जानकारी दिए । मनोरञ्जनका साधन नहुदा दिनभरीका थकान मेट्नका लागि गाउंघरमा युवायुवती  भेट भएर दुख सुख र मायां प्रेमका भावना समेटेर कौराहा गित गाईने गरीन्थ्यो । प्रविधीको विकास संगै गित र नाचं दुबै लोपहुन लागेपछि यस्को जानकारी र संरक्षण गर्ने उदेश्यले  समय समयमा प्रतियोगिता र मौलिक पोशाकको प्रदर्शनी गर्ने समितिले जनाएको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्