27 C
Kathmandu
Thursday, March 4, 2021
2021 Mar 04, Thursday 06:34

TRENDING .

नवलपरासीमा चुनावको कुनै कार्य अगाडि नबढाउन मोर्चाको चेतावनी ( विज्ञप्ती सहित )

- Advertisement -

चैत्र-४, परासी  ।   १९ वर्षपछि हुन लागेको स्थानीय तहको चुनावले जनताको हक अधिकार घरदैलोसम्म पुर्याउने केही जमातले भनिरह्दा मधेसी थरुहट संयुक्त लोकतान्त्रिक मोर्चा नवलपरासीले भने निर्वाचनको कुनै कार्य अगाडि बढाए आन्दोलन गर्ने चेतावनी दिएको छ । मोर्चाले  एक बिज्ञप्ती जारी गर्दै बर्तमान सरकारले मधेसी मोर्चासँग गरेको ३ बुंदे समझदारीलाई बेवास्ता गरि २०७४ बैशाष ३१ गते स्थानीय तहको चुनाव गर्न लागेको भन्दै मोर्चाले  चुनावको बिरोधमा विभिन्न कार्यक्रम गर्ने मोर्चाका जिल्ला संयोजक मुकुरजी गिरीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ । सरकारले सिमांकन सहितको संविधान संसोधन नगरि चुनावमा गएको भन्दै मोर्चाले विरोधका कार्यक्रम अन्तर्गत स्थानीय तहको कार्यालय सञ्चालन गर्न नदिने , बोर्ड भुन्ड्याउन नदिने लगायतका कार्यक्रमहरु गर्ने बताईएको  छ । यस्तै थारु मधेसी , आदिवासी , जनजाती , अल्पसँख्यक लगायतका समुदायको मांगहरु सम्बोधन नभएसम्म निर्वाचन कार्यालय नवलपरासीलाई निर्वाचनको कुनैपनि कार्यक्रम अगाडि नबढाउन मोर्चाले चेतावनी समेत दिएको छ ।

                                                                 यस्तो छ बिज्ञप्तिमा

 

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्