27 C
Kathmandu
Tuesday, March 9, 2021
2021 Mar 09, Tuesday 07:52

TRENDING .

पत्रकार महासंघ चितवनको अधिबेशनमा सहमतीय आधारमा जाने लगभग पक्का, यसरि हुदैछ सहमती

- Advertisement -
चैत्र-४, भरतपुर । पत्रकार महासंघ चितवनको भोली हुने अधिवेशन समहतिय आधारमा पदाधिकारी चयन हुने भएको छ । महासंघ चितवनको ११ औं अधिवेशन चैत ५ गते शनिबार गर्ने तयारी छ । आगामी नेतृत्वका लागि यहाँका पत्रकारका क्रियाशील संगठनले लगभग सहमतिमा पुग्ने टुंगो गरेका हुन ।
कसरी हुदै छ सहमती ?
प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल,  क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार महासंघले पदाधिकारीदेखि सदस्यसम्म सहमतिमा जाने अन्तिम तयारीमा गरेका छन् । महासंघको पछिल्लो विधान–अनुसार चितवन जिल्ला कार्यसमिति १९ सदस्यीय बन्नेछ । जस अनुसार सदस्य संख्याका आधारमा सबैभन्दा ठूलो चौतारीले अध्यक्ष, सचिव, सहसचिव (समावेशी), खुल्ला सदस्य ४ जना र महिला वा आदिवासी सदस्यमध्ये १ जना पाउने छ । दोस्रो ठूलो मानिएको संगठन युनियनले उपाध्यक्ष (खुल्ला), सहसचिव (खुल्ला) र ३ सदस्य पाउनेछ । त्यस्तै माओवादी निकट दुई संगठनलाई एक–एक कार्यसमिति सदस्य र केही पार्षद् दिइनेछ । चौतारीले यसअघि नै अध्यक्षमा राधेश्याम खतिवडा र सचिवमा तीर्थ नेपाललाई उम्मेद्वार बनाइसकेको छ । भागवण्डामा पाएको समावेशी सहसचिवमा सन्तकुमार चौधरीलाई पठाउने तयारी भएको स्रोतले बताएको छ । युनियनले खुल्ला उपाध्यक्षमा संगठन अध्यक्ष नारायणप्रसाद अधिकारी र सहसचिवमा संगठन सचिव अनिल ढकाललाई पठाउने तयारी गरेको छ । सेन्टरले भने पूर्व अध्यक्ष शान्ता अधिकारीलाई महिला उपाध्यक्ष र संगठन अध्यक्ष प्रकाश ज्ञवालीलाई नै कोषाध्यक्ष पठाउने तयारी गरेको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्