चैत्र-३, कावासोती,– नवलपरासीको कावासोती १७ अमलटारी घाटमा मलामी गएका एक युवक नदीमा डुबेर वेपत्ता भएका छन् । मलामी गएका कावासोती १४ डण्डा निवासी २७ बर्षीय सोमनारायण थनेत अमलटारीघाटमा नारायणी नदीमा नुहाउने क्रममा विहीबार वेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । मलामी जादा चोखीनका लागि नदीमा नुहाउनेक्रममा बगेपछि संगै भएका साथीहरुले उद्धारको प्रयास गरेको भएपनि उद्दार गर्न नसकीएको प्रत्यक्षदर्शीले बताएका छन् ।