27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 04:18

TRENDING .

माध्यमिक शिक्षा परीक्षा (एसइई) आज देखि सुरु, नवलपरासीमा नियमित तर्फ ७ हजार ७ सय चालिस जना उपस्थित

- Advertisement -

 चैत्र-३, कावासोती,   कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) आज देखि सुरु भएको छ । परीक्षाको पहिलो दिन आज विहान ८ बजेदेखि अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको हो। चैत ४ गते अनिवार्य नेपाली, ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ । प्राविधिकतर्फका विद्यार्थीको भने चैत १४ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।

यस बर्षको परिक्षामा आज पहिलोदिन नवलपरासीमा नियमित तर्फ ७ हजार ७ सय चालिस जना उपस्थित र  ६८ जना अनुपश्थित रहे भने ३७७ जना एक्जाम्टेड तर्फ उपस्थित भए भने ६९ जना अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

समग्र नेपालमा भने परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरि ५ लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी हुने जनाएको भए पनि कति सहभागी भए विवरण आउन बाकी छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार माध्यमिक शिक्षा परीक्षाको लागि देशभर कुल १ हजार ९ सय २३ केन्द्र निर्धारण गरिएको छ । प्रत्येक केन्द्रमा १५ जनाका दरले सुरक्षाकर्मी परिचालन हुनेछन् ।

विगतका वर्षमा एसएलसी परीक्षाको रुपमा लिइँदै आएपनि यसवर्षदेखि एसइई नाम दिइएको हो । शिक्षा ऐनको आठौं संशोधनमा माध्यमिक तहको परीक्षा राष्ट्रिय परीक्षा वोर्डले क्षेत्रीय स्तरमा गर्ने उल्लेख भएपनि तयारी नपुगेको भन्दै अन्तिमपटकका लागि परीक्षा नियन्त्रण कार्यालयलाई माध्यमिक शिक्षा परीक्षा गर्ने जिम्मेवारी दिइएको छ ।

परीक्षामा अमर्यादित व्यवहार गरेमा र गर्न सहयोग पु¥याएमा एक लाख रुपैयाँ जरिवाना, ६ महिना जेल वा दुवै सजाय हुन सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । एसइई परीक्षालाई मर्यादित बनाउन परीक्षा नियन्त्रण कार्यालयले झन्डै २९ हजार सुरक्षाकर्मीसहित केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र कार्यालय सहायक गरि ६७ हजार ५ सय ९१ कर्मचारी खटाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्