चैत्र-३, कावासोती, नवलपरासीको मध्यबिन्दु न.पा.-५ रातो डाँडा स्थित भित्री सडकखण्डमा न्यु नेपाल इङलिस बोर्डिङ स्कुल बाघखोरको ना २ ख ७७३४ नं.को बिधार्थी बोकेको बस अनियन्त्रित भई पल्टदा सोहि बसमा सवार बस चालक सहित १५ जना घाईते भएका छन् । घाइते सबैलाई उपचारको लागि मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा पठाएको ई.प्र.का कोल्हुवाले जानकारी दिएको छ । ई.प्र.का कोल्हुवा प्र.स.नि टिकाराम पौडेलले सबारी चालक र बस नियन्त्रणमा रहेको समेत बताए ।