27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 01:57

TRENDING .

नवलपरासीको मैनाघाटका वासिन्दा गाउमै पानीघट्टबाट बिधुत उतपादन हुन थालेपछि उत्साहि

- Advertisement -

चैत-३, नवलपरासी  । नवलपरासीको मैनाघाट-१ का वासिन्दा दामुङखोलामा सुधारिएको पानीघट्टबाट बिधुत उतपादन हुन थालेपछि उत्साहित भएका छन् । आयोजना निर्माण भै बिधुत उत्पादन हुन थालेपछि उनीहरुले उज्यालो रातमा बस्न पाएका हुन् ।

हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफले दामुङ्कखोलामा सुधारिएको पानीघट्टमार्फत विधुतीकरण गरेपछि चार किलोवाट बिधुत उत्पादन भएपछी त्यहाँका ३६ घर धुरी लाभान्वित भएका छन् । बिधुत नहुदा उनीहरु शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका आधारभूत अधिकार समेतबाट बन्चित हुन पुगेका थिए । बिधुत उत्पादन पछी  मैनाघाटबासीले बिजुली बत्ती बाल्न मात्र नभएर टेलिभिजन हेर्न फ्रिज चलाउन र आर्थिक उपार्जन गर्न बिभिन्न ब्यवसाय समेत संचालन गर्न सक्ने भएका छन् ।

यो आयोजनामा नेदरल्याण्ड र जर्मन सरकारको आर्थिक सहयोग छ भने ग्रामीण ऊर्जा तथा प्रविधि सेवा केन्द्रले प्राबिधिक सहयोग गरेको छ । स्थानीय श्रमदान समेत गरी २७ लाख ३७ हजार रुपैयाँको लगानीमा निर्माण भएको सो आयोजना समुदायमा हस्तान्तरण भएको छ । साथै परियोजनाको तर्फबाट २ जना किसानलाई ब्यवसायिक कुखुरा पालन गर्न चल्ला र आवश्यक सामाग्री समेत बितरण गरिएको छ । सँगै फर्निचर व्यवसाय सुरु गर्न फर्निचर बनाउने सामाग्री समेत वितरण गरिएको हिमालयन सामुदायिक बिकाश मञ्च हिकोडेफका कार्यकारी निर्देशक सुरबिर स्थापितले जानकारी दिए ।

ब्यवसायिक कुखुरा पालनका लागि कुखुराको चल्ला र कुखुरा पालनका लािग सामाग्री पाएपछि धनबहादुर सोमै र भागीराम ढेगा अत्यन्तै खुसी छन् । उनीहरू भन्छन्, ‘दामुङखोला सुधारिएको पानीघट्ट विद्युतीकरण आयोजना उज्यालोको लागि मात्र सीमित नभै हाम्रो जीबन स्तर सुधार्न पनि प्रयोग हुने छ ।’

गाउँमा उज्यालो भित्रिएसँगै अब ढिकी र जाँतोमा सीमित महिलाहरुको कार्यबोझ पनि कम हुने भएको छ । सो आयोजनामा पिसानीको लागि घटट् समेत जडान भएपछि घन्टौं लगाएर जातोमा पिसानी गर्नुपर्ने अवस्थाको समेत अन्त्य भएको छ । स्थानीय बासीन्दा लालमाया सोमै भन्छिन्, ‘अब त सजिलो हुने भो । बिहानै उठेर जाँतो नचलाए खान-खुवाउनै पाइँदैनथ्यो अब भने घट्टमा अन्न लगेर पिसाउन पाइन्छ ।’

विद्युतीकरण भएपछि गाउँको रुप नै फेरिने परियोजना संयोजक अच्युत खनालले बताए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्