27 C
Kathmandu
Tuesday, March 9, 2021
2021 Mar 09, Tuesday 05:56

TRENDING .

माध्यमिक शिक्षा परीक्षा एसईईमा डा. गोविन्द केसीका विषयमा प्रश्न

- Advertisement -

चैत्र-३, आजबाट सुरु भएको एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसईई)मा डा. गोविन्द केसीका विषयमा प्रश्न सोधिएको छ ।

परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयका परीक्षा भएको छ । बिहान ८ बजेबाट सुरु भएको परीक्षा ११ बजे सकिएको छ । परीक्षामा डा. गोविन्द केसीको विषयमा समेत प्रश्न सोधिएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै दशौं पटक आमरण अनशन बसेका डा. केसीले २२ दिनमा अनसन तोडेका थिए। डा. केसीले २२ दिनमा अनशन तोडेको विषयमा स्वास्थ्य पत्रकार मनिष गौतमले लेखेको समाचारलाई अंग्रेजी विषयको प्रश्न बनाइएको छ ।

अंग्रजी विषयको प्रश्नपत्रमा तीन नम्बरको प्रश्नमा अनुच्छेद पढेर उत्तर दिनुपर्ने विषय समावेश छ । उक्त अनुच्छेद डा. गोविन्द केसीले २२ दिनमा अनन तोडेको विषय उल्लेख छ । उक्त अनुच्छेदका आधारमा विद्यार्थीलाई डाक्टर केसी को हुन् ? डा. केसीले के विषयमा माग उठाएका थिए लगायतका प्रश्न सोधिएको थियो। डा. केसीका विषयमा विद्यार्थीलाई १० नम्बर भारको प्रश्न गरिएको छ ।

एसइइ परीक्षामा देशभरबाट दुई लाख ५९ हजार सात सय ३२ छात्र र दुई लाख ७८ हजार चार सय ५० छात्रा गरी कुल पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी छन् । परीक्षाका लागि देशभर कुल एक हजार नौ सय २३ केन्द्र  निर्धारण गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

हेरौं डाक्टर केसीका विषयमा सोधिएको प्रश्न

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्