27 C
Kathmandu
Thursday, March 4, 2021
2021 Mar 04, Thursday 05:36

TRENDING .

एसईई परिक्षालाई मध्यनजर गर्दै अब मुलुक लोडसेडिङ मुक्त भएको प्राधिकरणका निर्देशक घिसिङको उद्घोष

- Advertisement -

चैत्र-३, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मुलुक पूर्णरुपमा लोडसेडिङ मुक्त भएको उद्घोष गरेका छन् । उनले उद्योग र कलकारखाना बाहेक अन्य क्षेत्र लोडसेडिङ मुक्त भएको जानकारी पनि दिएका छन् ।

पत्रकारसंगको कुराकानीमा प्राधिकरण प्रमुख घिसिङले लोडसेडिङलाई इतिहास बनाउँदै मुलुकभर उज्यालो छर्ने काम गरिएको बताए । उनले कक्षा १० को परीक्षा एसएलसीको समयलाई मध्यनजर गर्दै मुलुक भर नै लोडसेडिङ मुक्त गरिएको जानकारी दिए ।

त्यसैगरि प्रबन्ध निर्देशक घिसिङले मुलुकमा लोडसेडिङ अन्त गरेर उर्जा क्षेत्रलाई उन्मुख गराउने तर्फ प्राधिकरण लागेको बताए । उनले जलविद्युत आयोजनाबाट विद्युत निकालेर यसलाई वितरण गर्ने सोंचमा प्राधिकरण रहेको समेत बताए ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्