उच्च अदालत जनकपुरका न्यायाधिशद्वय नारायणप्रसाद पोख्रेल तथा चन्द्रबहादुर साढुको संयुक्त इजलास नेमलाल पासमान, स्वामीजी भन्ने उमेश यादव तथा उमा सिंहकी भाउजु ललितादेवी सिंहलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो ।
नेपाल पत्रकार महासंघ धनुषाका कानूनी सल्लाहकार अधिवक्ता राजकुमार महतोका अनुसार– उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाको फैसलालाई सदर गरेको छ ।
स्थानीय जनकपुर टुडे दैनिक तथा रेडियो टुडेमा कार्यरत संचारकर्मी उमा सिंहलाई २०६४ साल भदौ १४ गते राति उनको रजौलस्थित डेरामा धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरिएको थियो ।