चैत्र-२, परासी– नवलपरासीमा यसवर्ष ३ सय ४२ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइइ) बाट बन्चित हुने भएका छन् । भोलि शुक्रबारदेखि शुरु हुन लागेको एसइइ परीक्षामा सहभागिका लागि फर्म भरेका ३ सय ४२ जना विद्यार्थी विभिन्न कारणले अयोग्य ठहरिदै परीक्षाबाट बन्चित हुने भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
जिल्लामा यसवर्ष एसइइमा १० हजार ८ सय ८ जना परिक्षार्थिहरु सहभागि हुने भएका छन् जस मध्ये १० हजार १ सय ४६ जना नियमित तर्फ र ६ सय ६२ जना विद्यार्थिहरु आंशिक तर्फको रहेको कार्यालयले जनाएको छ ।
परिक्षाका लागि जिल्लामा ११ हजार १ सय ५० जना विद्यार्थिहरुले परिक्षाका फारम भरेका थिए तर विभिन्न कारणले ३ सय ४२ जना विद्यार्थी अयोग्य भई परिक्षाबाट बाहिर बस्न पर्ने अवस्था देखिएको छ । जिल्लामा परिक्षाका लागि ४१ वटा परिक्षा केन्द्रहरु निर्धारण गरिएको छ ।